बागलुङमा बन्यो आधा किमी लामो झोलुंगे पुल

विश्वकै लामो झोलुंगे पुल बागलुङमा निर्माण भएको छ । लक्ष्यभन्दा पहिला नै निर्माण सम्पन्न भएको यो पुलको लम्बाई ५ सय ६७ मिटर छ ।

विश्वकै लामो पुल स्विट्जरल्याण्डमा रहे पनि बागलुङमा निर्माण गरिएको ५ सय ६७ मिटर लामो पुल विश्वकै लामो पुल दावी गरिएको छ । २०७७ साल चैत महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल चैतमा साम्झौता गरी निर्माण थालेको सो पुल निर्माण सम्झौताभन्दा एक वर्षअगावै सकिएको हो ।

यो पुलले पर्यटन प्रवद्र्धनमा अहम भुमिका निभाउने विश्वास लिईएको छ । लकडाउनको अवधिमा पनि १६ कामदारले यहाँ नियमित काम गरेका थिए । पुल निर्माणमा प्रयोग गरिएको लठ्ठो तान्ने चाईनिज प्रविधिको उन्च मेसिन नेपालमै पहिलो पटक बागलुङमा प्रयोग गरिएकोे थियो ।

यो मेसिन नेपाल सरकारले खरिद गरी बागलुङ पठाएको हो । यो पुल नेपालकै राष्ट्रिय गौरवको योजनामध्ये पहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर सडक खण्डको ठिकमाथि छ । पुल ६ करोड ९१ लाख लागतमा बनेको हो ।