माननीय सदस्यहरु,
हार्दिक अभिवादन
हामीहरू माक्र्सवाद ,लेनिनवाद र जनताको बहुदलीय जनवादको प्रकाशमा धेरै आरोह अवरोहहरु,घुम्ती र मोडहरु, झरी, बादल र बर्षातलाई सहदै प्रत्येक प्रतिकुलतासित साहस र योजनापूर्वक लड्दै सिद्धान्त सङ्गठन र संघर्षलाई मूल मन्त्र मान्दै २०१५ सालमा प्राप्त गरेको जम्मा ४ सिटबाट अहिले धन्दै दुई तिहाईको नजिकैको बहुमतको आधारमा शासनसत्ताको बागडोर सम्हाल्ने अवस्थामा छौं ।
नेपाली महान जनसमुदायले तपाईं सम्पूर्णलाई सूर्य र गोलाकार भित्रको आसी हथौड़ा चिन्हमा मतदान गर्नुभएको शान्ति ,स्थिरता ,समृद्दी र सामाजिक रुपान्तरणका लागि हो । हामी जतिसुकै द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोणको कुरा गरेता पनि बिपी कोइराला र पुष्पलाल जस्ता महान् नेता भएको देश नेपाल तत्कालीन बेलामा दक्षिण एसियाकै एक जना सुप्रीम लिडर महामानव बिपी कोइरालाको नेतृत्वको नेपाली काङ्ग्रेसले २०१५ सालमा प्राप्त गरेको दुई तिहाइ ७४ सिट, नेकपा ४ सिट नेपाली भूगोल र नेपाली आमालाई थेग्न गाह्रो भयो ।
२०१७ साल पौष ०१ गते दुई तिहाई बहुमत प्राप्त नेपालका महान नेता बिपि कोइरालाको सरकार अपदस्थ भयो । दलहरुमाथि प्रतिबन्ध लाग्यो । महामानव बिपि कोइराला लगायत कम्युनिस्ट पार्टीका नेताहरू नजरबन्दमा पर्नुभयो। नेपालको इतिहासमा सबैभन्दा बढी समय शासन सन्चालन गरेका चर्चित राष्ट्रबादी प्रधानमन्त्री भीमसेन थापाले जेलभित्रको झ्यालको शिशामा रेटिएर आत्महत्या गर्नुपर्यो।
नेपालको इतिहासमा अत्यन्तै लोकप्रिय, त्यागी र अहिलेको नेपालको परिवर्तनका आधारवस्तुका नायक, भिजनरी र निष्कलङ्क प्रधानमन्त्री दिबङ्गत कमरेड मनमोहन अधिकारीले २०५२ साल भदौ १२ गतेको बिश्वनाथप्रसाद उपाध्यायको सर्वोच्च अदालतको फैसलाका बेला अस्पतालमै रह्दा समेत अत्यन्तै निकृष्ट ढङ्गको अमानवीय ब्यवहारको सामना गर्नुपर्यो। साच्चिकै हाम्रो देश जति भौतिकबादी कुरा गरे पनि सतीले सराप गरेको पो रहेछ । यो हामीमा आएको बैचारिक स्खलन हैन, ब्यवहारले यही सिद्द गरेको छ।
अब तपाईं जनताको समग्र भावना बिपरित उभिनुभो भने तपाईंको निर्वाचन क्षेत्रका जनसमुदायले अबिर ,फूलमालाको उल्टो कालोमोसो र जुत्ताको माला लिएर उपस्थित हुनेछन् ।
घट्नाक्रमहरु नेपालको राजनीतिक आकाशमा कालो बादल झैं त्यसरी नै देखिरहेका छन् । पद, प्रतिष्ठाको उधारो बाढी बगाइएको छ । लोभ, लालचा र प्रलोभनमा फसाएर जुङ्घाको लडाइँको निम्ति उस्तै नेतृत्व र नेपाली आमाको महान् क्रान्तिकारी छोराको हुर्मत लिन खोजिएको छ । तेजोबध गर्न खोजिएको छ, निहित स्वार्थ पूर्तिका लागि घेराबन्दी गर्ने असम्भव र सम्पूर्ण नेपाली जनसमुदायले सहनै नसक्ने, अनुमोदन गर्नै नसक्ने, क्षमै दिन नसक्ने हर्कत गर्न खोजिएको छ ।
कमीकमजोरी र गल्ती भएकै भए पनि माझिने, सुधारिने अवसर नदिन खोज्ने चरम अमानवीयता र निकृष्ट ढ्ङ्गको राजनीतिक दाउपेजको असम्भव दुष्पर्यत्न गरिएको छ। प्रतिनिधि सभाका माननीय सदस्यहरु ,यो कसैका कुत्सित आकांक्षा पूरा गर्न, जुङ्घाको लडाइँ लड्न, निहित ब्यक्तिगत स्वार्थ पूरा गर्न ,हजारौंको बलिदानबाट प्राप्त शासन ब्यवस्था र प्रणालीलाई दाउमा राख्न, यसको चिरहरण गर्न, सिङ्गै राष्ट्र र नेपाली जनसमुदायलाई अस्थिरताको दलदलमा फसाउन तपाईं हरुको पार्टी र चुनाव चिन्हमा मतदान गरेको हैन। सबै राजनीतिक दलहरू र तपाईंहरुलाई ब्यवस्थालाई जुवाको खालमा राख्न र आफ्ना सङ्कीर्ण राजनीतिक स्वार्थ पूरा गर्न, अस्थिरताको सृजना गर्न भोट हालेको होइन । सबै दल र माननीय तपाईं सबै सदस्यलाई शान्ति ,बिकास, सुब्यवस्था,स्थिरता र समृद्दिका लागि ५ बर्षका लागि सदनमा पठाएको हो, नकि,अरु कुराहरूका लागि।
फेरि ३ बर्षपछि निर्वाचन हुँदै छ, तपाईंहरु किमकर्तव्यबिमूढ हुने, निहित स्वार्थ र नेताहरुको जुङ्घाको लडाइँमा हतियार र गोटी हुनुभयो भने अस्थिरता सृजना गरी प्रयोगको साधन हुनुभयो भने ५ बर्ष शासन चलाउने सुब्यवस्थाको उल्टो उभिनु भयो भने, देशलाई अस्थिरतातिर धकेल्ने दुस्साहस गर्नुभयो भने तपाईंका निर्वाचन क्षेत्रका जनसमुदायले हिजो रातो अबिर, फूलमाला लगाएका थिए, अहोरात्र खटिएका थिए । अब तपाईं जनताको समग्र भावना बिपरित उभिनुभो भने तपाईंको निर्वाचन क्षेत्रका जनसमुदायले अबिर ,फूलमालाको उल्टो कालोमोसो र जुत्ताको माला लिएर उपस्थित हुनेछन् ।
कमीकमजोरी र गल्ती भएकै भए पनि माझिने, सुधारिने अवसर नदिन खोज्ने चरम अमानवीयता र निकृष्ट ढ्ङ्गको राजनीतिक दाउपेजको असम्भव दुष्पर्यत्न गरिएको छ।
हिजो तपाईंको दल र तपाईंको उमेदवारलाई विजयी तुल्याउन आफ्नो ज्यानको बाजी थाप्नेहरु,जीवन धुरमुर धुरमुर पारेर तपाईंको दल र तपाईंलाई बिजय हासिल गराउन अहोरात्र खट्नेहरु यदि तपाईंहरु कसैको स्वार्थका लागि गोटी बन्नुभो भने, जनमतमाथि कत्लेआम गर्न खोज्नुभयो भने, धाबा बोल्नु भयो भने घोचा, तगारा, भाटा लिएर तपाईंलाई निर्वाचन क्षेत्रबाट लखेट्ने छन्, निषेधित गर्ने छन् । यसकारण ख्याल गर्नुस् ,यो स्थिति नआओस,सतर्क हुनुहोस् ।
जनताको भावनाको सम्मान गर्नुहोस्, जनताको भावना र जनमतको सम्मान र जगेर्ना गर्न नसक्दा दुनियाँका थुप्रै आफूलाई बादसाह सम्झिनेहरु र ब्यवस्थाको दुरुपयोग गर्न खोज्नेहरु गर्ल्यामगुर्लुम लडेका इतिहासहरु जगजाहेर छन् । तिनीहरुको सगोल अन्त्य र डाइनोसरको इतिहास जस्तै भएका छन् ।
यसकारण समयमै ख्याल् गरौं, जनताको अभिमत र भावनालाई मष्तिष्कमा सजाऔ, टाउकोमा राखौं । भूइमा भएको टिप्न खोज्दा गोजीमा भएको खस्न सक्छ।बिचार गरौं, बाच्छाको मुखमा पनि नपर्ने ,गाईको थूनमा पनि नरहने होला।
हार्दिक अभिबादनसहित
जनताको जुझारु एकता जिन्दावाद ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिन्दावाद ।










