यति बेला विश्वभर कोरोना कहर छ
जीवन लीला सकिन्छ कि भन्ने जनमा डर छ
यस्तो बेला नआत्तिई सचेत बन्नुपर्छ
हात मिलाए, नजिकिए अनेकमा यो सर्छ ।।१।।
पटक–पटक साबुन पानीले हात धुनु राम्रो
माक्स, सेनेटाइजरले बच्छ जीवन हाम्रो
बाहिर फेर घुम्नु हुन्न घरै बस्नुपर्छ
हेलचक्राइँ ग¥यौँ भने फूल झै जीवन झर्छ ।।२।।
उच्च ज्वरो, सुख्खा खोकी श्वासप्रश्वासमा बाधा
निको हुन सक्छ तत्काल स्वास्थ्यचौकी जाँदा
हल्का तातो पानी पिउँदा स्वास्थ्यलाई छ फाइदा
परोपकारमा जुटे जीवन बन्छ काइदा ।।३।।
धैर्य गरौँ प्रकृतिभन्दा ठूलो कोही छैन
जीवाणुका विरुद्धमा लडौँ केही हुँदैन ।।
स्वास्थ्य, सुरक्षामा जुट्ने महान् जनहरुलाई
सहयोग गरौँ नसताऊँ उदार मनहरुलाई ।।४।।
शाकाहार भोजन गरौँ भो हिंसा नगरौँ
सत्य, तथ्य बुझौँ जनमा भ्रम भो नछरौँ ।।
मांसाहारले अनेकथरी रोग निम्त्याउँछ
अरुको पीडामा रमे यस्तै विपत् आउँछ ।।५।।
चाँडै हटोस् जगत्बाट कोरोना कहर
केही कसैको नबनोस् है अपुरा रहर ।।
घमण्डले जनबाट बिदा लियोस् अब
आशा गरौँ पूर्ववत् हुने छ है सब ।।६।।
२०७६–१२–१७, नुवाकोट, तारकेश्वर गाउँपालिका–१, दाङसिङ









