आजभन्दा ४२ दिन पहिले चैत ३ गते पोखरा उधोग वाणिज्य संघले आफ्नो फेसबुकमार्फत अत्यावश्यक बस्तुको बिक्री, बितरण तथा ढुवानी पारदर्शी बनाउन सम्पूर्ण उधोगी व्यवसायीलाई आग्रह गर्यो। सोही अनुसार उधोगी, ब्यवसायीले समर्थन र सहयोग गरे । अहिले लकडाउन सुरु भएको ३५ दिन भईसक्यो । आजबाट फेरि थप १० दिनका लागि समय थप गरी लकडाउन लम्ब्याइएको छ ।
के लकडाउन नै संक्रमण समाधानको उपाय हो त ? नागरिक सोच्न र ज़ान्न चाहन्छन् ? सरकारले यसको जवाफ छिटोभन्दा छिटो उधोगी, व्यवसायी र सम्पूर्ण नागरिकलाई दिन जरुरी छ। यता, निजी क्षेत्रका धरोहर संघ, संस्था, संगठन कानमा तेल हालेर बसेका छन् । के आफ्ना उधोगी, ब्यवसयीलाई संगठित ग़र्ने र यो संक्रमणकालीन अवस्थामा सरकार र सम्बंधित निकायसँग भोलिका पर्न सक्ने अल्पकालीन र दीर्घकालीन योजना तथा कार्यक्रमका बारेमा ब्यापक बहस र छलफल गरी योजना तथा कार्यक्रम बनाई उधोगी, ब्यवसायी र आफ्ना नागरिकलाई जानकारीका साथै सूचना दिनु पर्दैन ?
कोभिड–१९ ले निम्त्याएको संकटका बेला हाम्रो धरोहर संस्थाले खेल्नुपर्ने भूमिकामा कतै चुकेको आभास हामी उधोगी, ब्यवसयीलाई परेको त छैन ? संघले विज्ञप्ति जारी ग़र्ने मात्र हो कि, यो संक्रमणकालीन समयमा भोलिको दीर्घकालीन समस्या समाधानको उपाय खोज्ने हो ? आजको यो विश्वव्यापी संक्रमणकालीन समयमा संघले तिनै तहका सरकार तथा सरोकारवाला निकायसँग बहस र छलफल जरुरी छ।
सरकारले यसको जवाफ छिटोभन्दा छिटो उधोगी, व्यवसायी र सम्पूर्ण नागरिकलाई दिन जरुरी छ। यता, निजी क्षेत्रका धरोहर संघ, संस्था, संगठन कानमा तेल हालेर बसेका छन् ।
यसैगरी संघले नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको पर्यटन उद्योग र अन्य क्षेत्र जस्तै कृषि तथा ठूला तथा साना घरेलु उधोग, साना ब्यवसयीमा पर्न गएको असरको बारेमा अल्पकालीन साथैं दीर्घकालीन बहस र छलफल गर्न नितान्त म आवश्यक देख्छु।
हाम्रो देश र सारा बिश्व नै उच्च जोखिममा रहेका बेला हामीले कोरोना विरुध्दको लड़ाईमा अवश्य सफलता प्राप्त ग़र्ने छौ। यो सकसपूर्ण घड़ीमा सबै उधोगी, ब्यवसायी, नागरिक समाजलाई धैर्य रहन र अब आउने दिनमा योजना तथा कार्यक्रमलाई कसरी ब्यवस्थापन ग़र्ने। त्यो बिषयमा छलफल र बहसमा जुटिदिन आग्रह गर्दछु। साथै, सम्पूर्ण उधोगी, ब्यवसायी तथा नागरिक समाज, सरकार सबैमा सचेत र सुरक्षित रहन अनुरोध गर्दछु ।
मेरो धारणा
छलफल र बहसका लागि नागरिक दवाब सिर्जना गर्रौ
लकडाउन समाधान होईन, सहज बनाउदै जाऔं
अबको चुनौती, समस्या र समाधानको बिषयमा बहस र छलफल चलाऔं
३सरकारलाई आर्थिक,सामाजिक बहस र छलफलको लागि दवाब सृजना गरौ।
व्यवसायी श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्वकोषाध्यक्ष हुन् ।









