गीत : खोसेको छैन गास तिम्रो

खोसेको छैन गास तिम्रो खुट्टा नतान साथी
आएर पछाडिबाट भो शीरमा नहान साथी

पाकेको आँप म होइन, झटारो किन हान्छौ
के हानी गरें र, तिम्रो दुश्मन मलाई ठान्छौ
नरेट गर्दन यो मेरो राखेर अचानो माथि
सहन प्रहार सबै कहाँ पाऊँ ढुंगाको छाती

म बाँच्दा तिम्रो संसार साँघुरो हुने नि हैन
म मर्दा तिम्रो संसार विशाल हुने नि छैन
सामुन्ने भेट्दा हमेसा दर्शन हजुर भन्छौ
पर्दा पछाडि बसेर जरो त मेरो नै खन्छौ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।