लघुकथाः आत्मविश्वास

आसा र निरासाकोे स्कुल नजिकै बाटैको छेउमा दुईवटा गुलाफका बोटहरु थिए । ती मध्ये एउटा ढकमक्क फूलेको र अर्को किक्रिक्क परेको थियो । एक दिन आसाले ढकमक्क फूलेको गुलाबको बोटलाई सोधिन्, “सँगैमा छेउको साथी किक्रिक्क परेको छ, तिमी चाहीं कसरी यस्तो कलकलाउँदो भयौं ?”

“यो बाटो हिड्ने मान्छेहरुले जत्ति नै टिपेपनि म फेरी फूलीहाल्छु । म कहिल्यै रित्तिन्न । बाटो हिड्ने सबैलाई सुगन्ध र सौन्र्दय दिई आनन्दित बनाउन पाएकोमा म ज्यादै खुसी छु ।” उसको यो कुराले आसाको मनमा गहिरो प्रभाव पा¥यो ।

त्यसैगरी एक दिन निरासाले किक्रिक्क परेको फूलको बोटलाई सोधिन्, “सङ्गैमा छेउको साथी त्यस्तो कलकलाउँदो छ, तिमी चाहीं किन किक्रिक्क परेको हँ ?” “के गर्नु हजुर जति फूल्छु, बाटो हिड्ने मान्छेले टिपीहाल्छन् । म कहिल्यै पूर्ण हुन पाईंन । यही पीडाले मलाई सताइरहन्छ ।” यो कुरा निरासाको मनमा अमिट छाप भएर बस्यो ।

दुई बर्षपछि उनीहरुको गाउँमा पनि कोरोनाको महामारी फैलियो । उनीहरु दुबै संक्रमित भए । आफुलाई कोरोना लागेको थाहा पाउन साथ निरासाले विश्वमा कोरोनाबाट मर्नेको मात्र संख्या सम्झिइन् । उनी साह्रै हतास भइन् र छिट्टै आत्मविश्वास गुमाइन् । आफुलाई माया मारिन् । जसले गर्दा उनको रोगप्रतिरोध क्षमता बढेन र एक हप्तामै ज्यान गुमाईन् ।

उनी घर फर्किदा बाटा छेउको किक्रिक्क परेको गुलाबको बोट मरिसकेको थियो । अर्को बोटमा ढकमक्क फूल फूलेका थिए ।

उता आसाले भने आफुलाई कोरोना लागेको थाहा पाउनसाथ विश्वमा कोरोना लागेर पनि निको भएका लाखौं मानिसको मात्र संख्या सम्झिईन् । जसले उनलाई संम्हालिन र आत्मविश्वास बढाउन मद्दत पुग्यो । उनले खानपिन र उपचारमा सावधानी अपनाईन् । योग र ध्यान् गरेर बाँच्ने इच्छाशक्ति प्रवल बनाइन् जसले गर्दा उनको रोगप्रतिरोध क्षमता वृद्धि भई दुई हप्ता मैै स्वस्थ्य भइन् । उनी घर फर्किदा बाटा छेउको किक्रिक्क परेको गुलाबको बोट मरिसकेको थियो । अर्को बोटमा ढकमक्क फूल फूलेका थिए ।

२०७७/०१/१४

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।