१. विदेशबाट आएका संक्रमित मध्ये अधिकांश संक्रमितलाई ४ हप्ताको वरिपरी कोरोना संक्रमण पोजिटिभ देखिएको छ |
२. सर्लाहीको धनकौल निबासी १४ बर्सका किशोर १४ दिन क्वारेन्टाइन बसेर तथा र्यापिड किटमा नेगेटिभ देखिएपछि वैशाख ६ गते घर पठाइएको थियो | वैशाख ९ गते गरिएको थ्रोट स्वाब परिक्षणको नतिजामा पनि कोरोना संक्रमण देखिएको थिएन। तर बैशाख ११गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती किशोरसहित दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ।
३. कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी ५३ वर्षीया महिलाको परिवारलाई गत चैत्र १६ गतेदेखि १२ दिनमै क्वारेन्टाइनबाट छोडिएको थियो | घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो |
हामीले क्वारेन्टाइनको मापदण्ड बदल्नु जरुरी छ | अन्यथा काठमाडौं, पोखरा, बिराटनगर, बुटवल/ भैरहवा, चितवन, दांग, नेपालगंज, धनगढी, महेन्द्रनगर लगायत जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण बढ्ने खतरा रहन्छ |
४. बाहिरबाट काठमाडौ उपत्यकामा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा अलग अलग समुहमा राख्नुपर्नेमा हरेक दिनका व्यक्तिहरुलाई एकै ठाउँ राखिएको छ | उनीहरुले हाजिर मिलाएर कोहि २ हप्तामा, कोहि १० दिनमा, कोहि ७ दिनमा क्वारेन्टाइन सेन्टरबाट निस्किएका छन् |
माथिका ४ वटा घटनाले के बताउँछन् भने हामीले क्वारेन्टाइनको मापदण्ड बदल्नु जरुरी छ | अन्यथा काठमाडौं, पोखरा, बिराटनगर, बुटवल/ भैरहवा, चितवन, दांग, नेपालगंज, धनगढी, महेन्द्रनगर लगायत जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण बढ्ने खतरा रहन्छ | यो खतरा न्यूनीकरण गर्नको लागि क्वारेन्टाइनमा यस प्रकार संसोधन गर्नुपर्ने देखिन्छ |
१. क्वारेन्टाइनको अबधि १ महिना गराउने |
२. क्वारेन्टाइन सेन्टरबाट कुनै पनि व्यक्ति २९ दिनमा समेत निस्कन नपाउने |
३. बीचमा भागेमा ठूलो सजायं गर्ने |
४. क्वारेन्टाइन केन्द्रमा स्थानीय प्रहरीको सुरक्षाको ब्यबस्था गर्ने |
५. अबधि पुरा भएपछि परिक्षण गरेर मात्र घर पठाउने |
६. केहि क्वारेन्टाइन केन्द्रमा मलेरिया देखिएको हुँदा मलेरिया, डेंगु, टाइफाइड ज्वरो लगायतबाट बचाउन झुल, सरसफाई तथा सुरक्षित खाना एबम पानीको ब्यबस्था गर्ने |
७. सिमा बाहिरबाट गैह्र कानुनी ढंगबाट प्रवेश गर्नेलाई पक्राउ गरेर फर्काउने तथा शंकास्पद व्यक्तिलाई बोर्डर क्वारेन्टाइन सेन्टर स्थापना गरेर १ महिना राख्ने |
८. क्वारेन्टाइन केन्द्रमा हरेक दिन आएका व्यक्तिलाई छुट्टाछुट्टै समुहमा वा कर्नरमा राख्ने | न्युनतम ६ फिटको दुरीमा वेड राख्ने | उनीहरुलाई परामर्श सेवा दिएर सुरक्षित बिधि अपनाउन प्रोत्साहित गर्ने |





