हिजाे अाज जस्तै जीवन थिएन रे अामा
अभावै अभाव र अन्धविश्वाशकाे कहर
बुहार्तनका विभेदकारीअदृश्य ती जहर
बाेकेर गाग्राेभरि अँधेरि कुवाकाे पानी
ढिकी जाँतो गर्थ्यौ रे बाेकी सानो नानी
रातमा सल्ले दियालाे टुकी बत्ती बाली ।
पिठ्यूँमा भारी बाेक्दा कोखमा सानाे नानी
भान्छा रछ्यान भकाराे काम मेशीनै बनी
गैह्री खेत हलपछि धान राेप्थ्यौ रे अामा
कति साहो कति गाह्रो धन्य त्यो जीवन
अाफ्नाे जीवन स्वतन्त्रताअरुलाई सुम्पी
बाल विवाह अनमेल बहु बिहे र धम्की
छाउपडी ,दासी,जीवन सति प्रथा भोग्यौ
निराहार,व्रत बसी तिमी नै खुट्टा ढोग्यौ
बदलामा अपमान हण्डरी अाफू ले पायौ
हार नखाई सभ्यता यो उज्यालाेमा ल्यायौ
बदलाको भावबिना सन्तानलाई हँसायौ ।
हिजाे पनि इतिहासमा अश्रु धेर बगायौ
अाज पनि तन ,मन दुखी धेरै सुर्ताउँछ्यौ
जहाँ राेएनि जाे रोएनी तिमी मुर्झाउँछ्यौ
अाफू राेइ सन्तानलाई हँसाउने अामा
भोकै बसेर सबैलाई खुवाउने अामा
जिजु ,जिजु बज्यै हजुर अामा अामा
समस्त अामालाई हार्दिक नमः नमः ।
उज्यालो सन्सारबाट सलाम तिमीलाई
राेग ब्याधी दूर हाेऊन् कामना सबैलाई
कुप्रथाका जराहरु उखेलेर फाल्नु पर्छ
विभेदका पर्खालहरु जगैदेखि ढाल्नु पर्छ
पुछियून् जननीका अाँसुहरु सदा सदा
मेटियून् समाजबाट बिभेदका क्रूर कथा
सबै बाँच्ने सबै हाँस्ने नयाँ सन्सार अाअाेस्
नव बिहानी मातृमुहार सदा खुशि छाअाेस्
अामालाई सच्चा श्रद्धा अाभार प्रकट गरौ
सर्वे भवन्तु सुखीन यही कामना सदा गरौँ









