प्रतिक्रान्तिको जवाफ आँसुले होइन, क्रान्तिले दिनुपर्छ

तस्बिर : बेपत्ता जीवनसाथी पूर्ण पौडेलका साथमा लेखक ।

२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तात्कालीन केन्द्रिय महासचिव, हामी सबैका प्यारो मान्छे पूर्ण पौडेल (क बिश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ। कि लास कि सास देखाउ भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो। आमा मोतिमाया लगायत परिवारको छोरा आउने आशमा बर्सौ बितिसकेको छ। बिछोडको जलन कस्तो हुन्छ ? जल्नेहरुलाई थाहा हुने रहेछ। हजारौं आमाहरुको आँखा अहिले पनि ओभाना छैनन।

तपाईं लगायत सम्पूर्ण सहिद र बेपत्ता योद्धाका सपना अधुरै छन् । बैचारिक स्खलन यति डरलाग्दो बिषय रहेछ कि जुन त्याग, समर्पण र बलिदानले आज उनीहरु यो स्थानमा छन्, उनीहरुले नै यो मुद्दालाई ओझेल र बद्नाम बनाइरहेका छन। सहिद ,बेपत्ता र घाइते योद्धाको सम्मान राज्यले दिनु त कता हो कता, आफ्नै पार्टीको साझा मुद्दा बनाउन नसक्ने गरी बलिदानको मूल्यलाई रछ्यानमा मिल्काइदिदा रहेछन।

यो सरकारसग थोरै मानवीय समबेदना पनि छैन। दमनले न्यायको आन्दोलन कमजोर हुदैन भन्ने इतिहास हाम्रो साक्षी छ।

सर्वहारा बर्गका नेता दलाल पुजीवादसँग आत्मसमर्पण गरेर श्रमजीवी बर्गलाई नै कसरी लात हान्दोरहेछ भन्ने भद्दा नमुना नेपालमा हामीले भोगिरहेका छौं। बलिदानको मूल्यलाई आशु र भावनामा मात्र होइन, सोच, चिन्तन र बिचारमा खोजिनुपर्छ। प्रतिक्रान्तिको जवाफ आँसुले होइन, क्रान्तिले दिने गरि सोच्नुपर्छ ।

कोरोनाको महामारीले देश लकडाउनमा छ। महाबिपत्ती र मानवीय संकटका बेला पनि लुट्ने दलाल व्यवस्थाको बिश्वाब्यापी चरीत्र हो। यसले अरुको घर भत्काएर आफ्नो महल ठड्याउन खोज्छ। जुन अहिले पल पलमा देखिएको छ। तीन करोड जनतालाई भित्र राखेर आफू लुट्न बाहिर बस्छ। न्यायको आवाजलाई बन्दुकले दबाउछ। जुन नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धले सहजै बुझ्न सकिन्छ। यस्तो संकटमा बन्दिहरुलाई छाडनुपर्नेमा बिरामी कमरेडहरुलाई पनि गिरफ्तार गर्न छाडेको छैन।

सर्वहारा बर्गका नेता दलाल पुजीवादसँग आत्मसमर्पण गरेर श्रमजीवी बर्गलाई नै कसरी लात हान्दोरहेछ भन्ने भद्दा नमुना नेपालमा हामीले भोगिरहेका छौं।

यो सरकारसग थोरै मानवीय समबेदना पनि छैन। दमनले न्यायको आन्दोलन कमजोर हुदैन भन्ने इतिहास हाम्रो साक्षी छ। दमनले कमजोर हुने होइन सुदृढ र मजबुत हुँदै जानुपर्छ । नेतृत्वले बिचैमा धोखा दियो भनेर निरास होइन, हाम्रा आफन्तले छाडेर गएको हाम्रो मुक्तिको झन्डालाई माथी उठाउने पार्टी र बिचारलाई साथ दिन सक्नुपर्छ।

पूर्ण, तपाईंको जिबनसाथी हुनुमा मलाई गर्व छ। तपाईंसँगको सहकार्य लामो हुन सकेन। जति भयो, अमिट रहयो। तपाईंको दृढता, कला क्षमता, साहस, त्याग, समर्पण र बलिदानको अमूल्य योगदानको अगाडि पार्टी र जनताप्रति मैले गरेको योगदान फिक्का नै छ। तर पनि तपाई जस्तो महान बन्ने बाटोमा निरन्तर लागिरहेको छु। हरेक दुख र अफ्ट्यारोमा तपाईलाई सम्झिरहन्छु। तपाईं लगाएत हजारौं योद्धाहरुले देखेको सपना पूरा गर्न अफ्ट्यारो तर सम्भब बाटोमा लागिरहेको छु। तपाईं हाम्रो भौतिक भेट के हुन्छ ? तर बिचार र भावनामा सधैं तपाईंको साथमा छु र रहनेछु।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।