ओलीले राजनीतिमा उखान टुक्काको प्रयोग गरी बिरोधीलाई ठाँऊको ठाँऊ हायल कायल पार्थे ।अब कथाको पनि प्रयोग गर्न थालेको महसुस भयो । मैले कतै कुखुरा र हिट्लर भन्ने कथा पढेको थिएँ । एक दिन हिट्लर आफ्ना सहयोगीका साथ बिचार विमर्श गरिरहेका थिए । सहयोगीमध्ये एक जनाले तपाँईको अन्यले त के तपाईकै सहयोध्दाले पनि बिरोध गरिरहेका छन् । कसरी सबैलाई समेटेर युध्द गर्न सक्नु हुन्छ भनेर सङ्का ब्यक्त गरेछन् । हिट्लरले उनलाई जबाफ दिन केही सोचिरहेको अवस्थामा एउटा निकै खाईलाग्दो भाले साना साना अरू कुखुराको बथानका साथउनीहरू तर्फ आइरहेको देखेछन् ।
हिट्लरले भालेलाई समातेर प्वाँख एक एक गरेर भुत्ल्याउन थालेछन् । भालेले हरेक भुत्ल्याइमा छटपट्याइ रहेछ ।अन्य बथान अब कहिले त्यो आफ्नो अगुवा भाले उसको हातबाट उम्कलार संगै भागौला भनेर डर र त्रासले कराउदै बसे छन् । प्वाँख उखेल्द उखेल्दै हिट्र्लरले एक सहयोगीलाई एकमुठी मकै ल्याउन लगायछन् । जब हिटलरका हातमा मकै प(यो एक हातमा मकै र अर्को हातमा प्वाँख उखालीयको भालेलाई जमिनमा राखी मकैको गेडा दिन सुरू गरेछन् । भाले भाग्नुको सट्टा मकैका गेडा टिप्न थालेछ । भालेले अघि भर्खरै उसमाथि भएको ज्याजति बिर्सिएछ ।
त्यसपछि हिट्लर मकैका गेडा खसाल्दैअघि अघि हिडेछन् भुत्लाएको भाले र अन्य चल्ला पनि हिट्लरका पछि पछि लागेछन् । हिट्लरले भनेछन् पहिला खुइल्याउन पर्छ, त्यसपछि चारो देखायर पछि हिडाल्नु पर्छ । हाम्रो राजनीतिमा पनि त्यस्तै देखियो । एमसिसी काण्ड, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार काण्ड, प्रहरी अफिसरहरूको प्रमोशन काण्ड, सुकुम्बासी आयोगकाण्ड, राष्ट्रबैक गभर्नर नियुक्तिकाण्ड, राजदुत फिर्ताकाण्ड आदि लिएर प्रचणडको भाले बाँसाईमा हरिबोल गजुरेल लगायत देशभरका चल्ला कराइरहेका थिए । जब ओलीले दल गठनसम्बन्धि बिध्येक र संबैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने बिधियक राष्ट्रपतिको आध्यादेशद्वारा पास गरायर एक एक कुरामा भुत्ल्याए । अब यदि निहु खोजी राखेमा पार्टी नै फोडेर भए पनि एमसीसी पास गरिछाड्ने उच्च स्तरीय सम्युक्त सम्यन्त्रको कुरा वा भ्रष्टाचारसम्बन्धि कुरा उठाय राम्रो नहुने सन्देश दिएका छन् ।
सचिवालय बैगठकमा स्वयम् प्रचण्डले नै आध्येदेशद्वारा बिधेयक ल्याउनु गलत हो भन्न सकेनन्। प्रक्रियामा अलि मिलेन अब प्रक्रिया मिलाएर जानुपर्छ भन्ने पास भयो । यो भुत्ल्याइले अहिले सम्मका सबै कुकृत्य सबैका साझा भए। ओलीले हिट्लरले जस्तै भुत्लाई सकेपछि केही चारो थालेको हुनु पर्दछ । हिजो कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा प्रचण्डले निकालेको प्रेस बिज्ञाप्तिमा अब ओलीको नेतृत्वमा एक ढिक्का भएर जानु पर्दछ ।
देशी बिदेशी प्रतिक्रियावादीले हामीहरूलाई फुटाल्न कोसिस गरे हामी अब मिलेर जान्छौ । यसको अर्थ न भ्रष्टचार भएको हो, न ओलीले अन्य काम कुरामा एकाधिकार गरेका हुन् । उच्चस्तरीय सर्ब दलीय राजनीतिक सम्यन्त्र गठन गर्ने प्रस्ताव पनि देशी बिदेशी प्रतिक्रियावादीले ल्यएका हुन् । के प्रचण्ड अरूले भरेको टेप मात्र हुन् ? प्रचण्डकै बिज्ञाप्तिले यस्तै बोल्छ । जे होस्य, सपल्ट ओलीले हिट्लर र भालेको कथालाई व्यवहारमै चरितार्थ गरे ।




