एउटा फूल, अर्को धागो, माला जस्तै हुने
एउटा नभए अर्काको ज्यान जाला जस्तै हुने
लुटन पाए यतिसम्म मिलेको नौटंकी गर्दा रहेछ्न
लुटन नपाए फेरि उही कुकुर, बिराला जस्तै हुने ।
आउन त आउ तर केही धन लिएर आउ
तर्केलान तर्किदा सहने मन लिएर आउ
बाचुन्जेल रेमिटान्स् तिरेर नपुग्ने रहेछ यार
तिर्नुपर्छ मर्ने बेलामा पनि कमिसन लिएर आउ




