तीन मुक्तक

खै कस्तो पीर हुनि हो बाबुलाई छोरी जन्मिएदेखि
केही त जानकारी हुन्थ्यो हामीलाई पनि भन्दिएदेखि
अचेल तिमी त ढुक्कले निदाएकै हौली नि है आमा
अहँ, म निदाउन सकेकै छैन डोडीमा अन्मिएदेखि

एकबारको जुनि होला
अझै कति रुनि होला
सपना नि राम्रो छैन
कता के के हुनि होला ।

सम्बन्ध टुटे क्यार्नी होला
आफ्नैले लुटे क्यार्नी होला
पार्टी फुटे अर्को खोल्लान्
जोडेको मनै फुटे क्यार्नी होला ?