अब अन्तरंग छाड्नुहोस्
शक्तिले पृथ्वीलाई पर घुमाउँदैछ
यो रोगले सुन्दर संसारको समाप्ति गर्नेछ
सिर्जनाकर्ताले फेरि संसारमा नयाँ डिस्नी पठाउनेछन्
सुन्दर सुन्दर पानीका बुँहरुमाथि
हावाका कणहरुमाथि
देखाउनेछन्
प्यालेस र सुनसान सडकहरु
देखाउनेछन् जीवन धान्न मरूभूमिमा हिड्दै गरेकाहरु
त्यहाँ हिरा र जवहरात हुने छैन
र पलंगमा महिला सुन्दर महिला हुने छैन
मन्दिरमा सुनको छाना हुने छैनन्
मस्जित र चर्चहरुमा भगवान बस्ने छैनन्
यो पृथिवी चराचर बेनामी देखिनेछ
युनाइटेड स्टेटहरु हुने छैनन्
टोकियो र मस्को हुने छैनन्
बेलरुस र ताजमहल हुने छैनन्
हुनेछन् त भुस्याहा कुकुरहरु
हुनेछन् बिरामी सुँगुर र रेविज लागेका व्वासाहरु
भोको बूढो मान्छेलाई खाना दिने कोही हुने छैन
सिंहहरुले राज गर्ने छन्
सर्पहरुले जहर बमन गर्ने छन्
कमल फुलहरुले पनि विकिरण ओकल्नेछन्
चिस्यान हुने छैन
मरुभूमिहरु बढ्नेछन्
उष्ण वायुले भन्नेछ
म समाप्तिको किशोरावस्थामा आइपुगेको छु
हिउँ छेल्ने वृद्ध मानिसको छाला हिमाल पग्लिसकेको हुनेछ
र तिमी भन्ने छौ यो पनि समय आयो र गयो
बिप्त्ति आयो र गयो
तर मानिसहरु छुट्याउने छैनन् उज्यालो हो कि अँध्यारो ?
र पनि यो नयाँ आशाको सुरुवात हो
यो मानिसको इच्छाको सुन्दर समयको बचत हो
नानीहरु भनिरहेका छन्
अभिभावकहरु हामीलाई भोलिका
शान्त र स्वच्छ सास फेर्न दिनुहोस्
त्यहाँ फेरि एउटा नयाँ जर्सी र शान्ति मिल्नेछ
रातमा एक कप दूधको अनुमति लिनुहोस्
अपरिचित मान्छेका लागि चियाको बन्दोबस्त गर्नुहोस्
वसुद्यैव कुटुम्बमका लागि द्गार खोल्नुहोस्
व्यवस्था गर्नुहोस् वृद्धका लागि न्यानो कम्बल
घरविहीन बच्चाहरूका लागि एकमुठी खाना
हामी जीवन लिदैनौ र दिन छोड्दछौ
विनासहरु यो भनेर आउदैनन्
सम्झनुस् चाडै नै अर्को आपत्तिको पनि ढोका खुल्नेछ
यो अतिबृर्स्टिको कंकाली झोला हो
शिकार गरौं
शिकार गरौं
महाविनासहरु भन्नेछन्
सूर्य मौन रहनेछ
आजसम्मको सुन्दर हृदयसंग
तारा हेरिरहनेछ
अस्ताउँदै पानी बाहिर
अनाड़ी मित्र पनि
तपाईंको हात उठाउँदै भन्नेछन्
मित्र, अब आफ्नो आँखा खोल्नुहोस्
तपाईका हतियारलाई पन्छाउनुहोस्
तपाइको अहं र महत्वकांक्षालाई हटाउनुहोस्
हामीसँग अझै पनि सुन्दर आशाहरु बॉकी छन्
सुन्दर बिहानीहरु बॉकी छन्
अब आधुनिक युद्दहरु छोडनुहोस्
अब हाम्रालागि
तेस्रो विश्वयुद्दहरु भित्र पसिसके ।









