यतिबेला चर्चा छ कोरनाको । कोरोनाकै त्रास छ विश्वभर । सामाजिक सञ्जाल , पत्रपत्रिका, अनलाइन पोर्टल, सामाजिक सञ्जाल सबैतिर व्यापक बहस छ कोरनाको । मान्छेहरू घरबाहिर निस्कन पाएका छैनन् । चिया पसल बन्द छ । सार्वजनिक यातायात बन्द छ । हिँडडुल गर्न पनि निषेध छ । आम मान्छे सामाजिक सञ्जालमा व्यस्त छन् । चिया पसलमा गरिने बहस पनि सामाजिक सञ्जालमै देख्न पाइन्छ । सबै सबैलाई दिन काट्ने माध्यम बनेको छ सामाजिक सञ्जाल ।
स्कुलहरू बन्द छन् । एसईईसँगै कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित छ । विश्वविद्यालयका थुप्रै परीक्षा अनिश्चित छन् । कोरना भाइरसको महमारीले सबै क्षेत्रलाई असर गरेको छ । असर गरेको छ, अमोर सेवा नेपालका भाइबहिनीलाई पनि । कोरोनाले लामै असर गरे पनि उनीहरूले हार खाएका छैनन् । उनीहरू सृजनकर्ममै जुटिरहेका छन् । फुर्सदको समय सदुपयोग गरेका छन् । बालगृहकी सञ्चालक कमला पराजुलीसँग करेसाबारीमा स्वतःस्फूर्त सघाएका छन् । तरकारी, खानेकुरा उब्जिने प्रक्रियाबारे बुझेका छन् । फलाउने तकनिकी सिकेका छन् ।

करिब डेढ महिनाअगाडि स्याङ्जाको फेदीखोलामा असिनापानीले ठूलो क्षति पु¥यायो । सिङ्गै गाउँपालिकाका किसान सङ्कटमा परे । अमोर सेवा नेपालले लगाएको तरकारी पनि असिनापानीले नष्ट ग¥यो। दुर्गम गाउँमा भएको यो बालगृहले आफूलाई चाहिने तरकारी आफैँ उत्पादन गर्थ्यो । असिनाले तरकारी नष्ट गरेपछि तरकारीसमेत किन्नुपर्ने बाध्यता आयो । अहिले फुर्सदको समय फेरि तरकारीमा आत्मनिर्भर हुन बाबुनानीहरू पनि लागेका छन् ।
करेसाबारीमा स्वतःस्फूर्त सघाएका छन् । तरकारी, खानेकुरा उब्जिने प्रक्रियाबारे बुझेका छन् । फलाउने तकनिकी सिकेका छन् ।
पोखराबाट स्याङ्जा जाने बाटोमा सर्केटारी बजार छ । सर्केटारी बजारबाट करिब आधा घन्टा उकालो उक्लिँदै गर्दा बालगृह नजिकै करेसाबारीमा रमाइरहेका थिए बाबुनानीहरु । आमा कमला पराजुलीसँगै करेसाबारीमै खेलिरहेका थिए उनीहरू ।
आहा, कति रमाइलो हुन्छ आफ्नै माटोसँग खेल्न । अनि त्यस्तै आनन्द हुन्छ आमासँग घुर्की लाउन । राजु आमालाई मख्ख पार्दै थियो, ‘म आफैँ काक्रो लाउँछु नि ’

अमृता डल्ला फोर्नमै व्यस्त थिइन् । तीर्थ मामा मल बोक्दै थिए । कमलाका बाबुआमा पनि व्यस्त थिए करेसाबारीमै खुसी फलाउन।
यतिबेला गाउँको बालगृह फेरि तरकारीमा आत्मनिर्भर बन्न जागेको छ । उनीहरूलाई डर छैन कोरनाको । सबै जना स्वस्थ छन् । तन्दुरुस्त छन् । रमाएका छन् । खेलेका छन् । उफ्रिएका छन् । पढेका छन् । मस्त छन् । र, फुर्सदको समय फेरि करेसाबारीमै व्यस्त छन् ।










