चिनको हुवेई प्रान्तको वुहान शहरको एउटा सामुन्द्रीक खाद्यान्न बिक्रीकेन्द्रमा सन 2019 डिसेम्बर 23 मा पहिलोपटक एक महिलामा देखिएको यो भाइरस समुहको “कोरोना” आजको मितिसम्म आइपुग्दा अपबादका केही देश बाहेक बिश्वका सम्पूर्ण देशहरुमा यसको संक्रमण देखिएको छ! कोरोना भाइरस आफैमा जैविकतत्व नभएपनि र भाइरस परिवारको सबैभन्दा कमजोर भाइरस भएपनी यसले आफुलाइ वातानुकुलित वातावरणमा परिवर्तन गर्नसक्यो भने मानवीय जिबनलाई कति घातक बनाउदोरहेछ भन्ने कुरा बिश्वब्यापीरूपमा यस भाइरसको संक्रमणको दरलाई हेर्ने हो पनि पुष्टि हुन्छ।
सन् 2020 अप्रील,15 सम्म बिश्वको कुलजनसंख्या 7,77,79,37,760 (Worldometer, 2020) को 0.025% (19,81,239) जनसंख्या कोरोना भाइरसको कारण संक्रमित भएका छन्।कुल संक्रमितहरु मध्य 4,49,589 (24.5%) जना औषधि उपचारपछि निको भएर फर्केकाहरु,14,04,969 (70.9%) उपचारकै क्रममा स्वास्थ सेवा केन्द्रहरुमा रहेका तथा 1,26,681 (6.3%) जना ब्यक्तिहरु कोरोना संक्रमणको कारण मृत्यु भएकोले यो भाइरस मानव जिबनकालागि कती घातक छ भन्ने बिश्व स्वास्थ संगठन (2020 मार्च 15) लगायत अन्य संघसंस्थाले हालै प्रकाशन गरेका तथ्यांकले पनि पुष्टि गर्द्छ।
कोरोना प्रकोप नियन्त्रण गर्न आजको मितिसम्म कुनै औषधी वा कुनै खोपको आबिष्कार नभईसकेको परिप्रेक्ष्यमा यसको नियन्त्रण गर्ने निकै सहज उपाए भनेको यसको संक्रमणको जालो(चेन)लाई तोड्नु नै हो।जसकाकारण आज बिश्वनै आजको दिनसम्म बिश्वको कुल जनसंख्याको करिब 70% जनसंख्या सामाजिक दुरी कायम गर्न आफ्नै घरभित्र क्वारेन्टाइन र आइसोलेसनमा रहेको हुँदाहुदै पनि यसको संक्रमणको गति दिनप्रतिदिन उच्च हुनु र यसको प्रकोप नियन्त्रण गर्न जनस्वास्थ्यकर्मीहरु रस्वास्थ संग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई निकै ठूलो चुनौती थपिएको छ। बिश्वब्यापी रूपमा फैलिएको कोरोना (कोभिड-19)ले बिश्वकै सामाजिक, आर्थिक तथा जनसांख्यिक स्वरुपमै परिवर्तन आउने निश्चितप्राय देखिएको र यो प्रकोपलाई छिटै खोप निर्माण गरेर नियन्त्रण गर्न सकिएन भने यो प्रकोप मानव इतिहासकै सबैभन्दा खतरनाक प्रकोप हुने भनी बिश्व स्वास्थ संगठनले चेतावनी दिईसकेको छ।
बर्तमान समयमा यो भाइरसलाई लिएर अन्तर्राष्ट्रियरूपमा राजनीति गर्न नखोजीएको पनि होइन! प्रकोप नियन्त्रण र यसका पुर्वसावधानी, उपचारबिधि र पद्धतिको बिकास गर्न छाडेर कतिपय शक्तिशाली तथा आणविक सम्पन्न राष्ट्रबाटनै सतहीरूपमा शीतयुद्धकालिन समयकै जस्तो व्यबहार यदकदा रूपमा नदेखिएको होइनन तर यो भाइरस कुनै प्रयोगशालाको जैविक उत्पादन र हतियार नभई बिश्वब्यापी उष्णतापमान, मौसमी/हावापानीमा आएको तीब्र परिवर्तन र इकोसिष्टममा आएको परिवर्तनका कारण भाइरसकै परिवर्तीत स्वरुप भएको प्रमाणित भैसकेको छ।
यो प्रकोपलाई छिटै खोप निर्माण गरेर नियन्त्रण गर्न सकिएन भने यो प्रकोप मानव इतिहासकै सबैभन्दा खतरनाक प्रकोप हुने भनी बिश्व स्वास्थ संगठनले चेतावनी दिईसकेको छ।
नेपालमा कोभिड-19 को संक्रमण सर्वप्रथम 13 जनवरी 2020 मा चिनको वुहानमा अध्ययन गरेका एकजना नेपाली विद्यार्थीमा देखापरेको थियो। ऊनी उपचारपछि स्वस्थभै आफ्नै घरमा फर्किसकेका छन भने 17 मार्च 2020 मा दोस्रो ब्यक्तिमा संक्रमण भेटिएको थियो। आजको मितिसम्म 16 जना (13 नेपालीर 3 भारतीय) मा यो संक्रमण देखा परेको छ भने संक्रमितहरु सबैको स्वास्थ अवस्था राम्रो रहेको र देशका विभिन्न अस्पतालहरुमा उपचारत रहेको सरकारी प्रतिबेदनमा उल्लेख छ। संक्रमण पहिलोबाट दोस्रो हुदै तेस्रो चरणमा पुग्न लागेको भएर पनि हो कि संख्या सानो भएपनी संक्रमित हुनेहरुको वृद्धि बढ्दो देखिन्छ।
आजको मितिसम्म कोभिड-19 बाट संक्रमितहरुको संख्या अन्य देशहरूको तुलनामा निकै भए पनि कोभिड-19 पहिलो र दोस्रो संक्रमित ब्यक्ति पत्ता लाग्न तीन महिना लागेको थियो। शुरुआतको समयमा सरकार नै के गर्ने नगर्ने भन्ने अवस्था मै रहेको थियो वर्तमान समयमा बिश्व अबस्था र जनदबाबकै कारण केही परिक्षणको गति बढाएको छ । कुल संक्रमितहरु मध्ये अधिकांश बिदेशबाट स्वदेश फिर्ता भएका थिए भने केहि संक्रमितहरु पुर्व संक्रमितका परिवारका रहेको हुँदा नेपाल कोरोना संक्रमणको चार अवस्था मध्य दोस्रो अबस्थामा पुगेको देखिन्छ।
सरकारले पछिल्ला केही रिपोर्टहरुले कोभिड-19 संक्रमण विरुद्ध अझ कठोर हुनुपर्ने भन्दै सर्वसाधारणलाई साबधानी अपनाउन अपिल गरेको छ। केही कष्ट सहेर पनि सरकारका निर्णय र निर्देशनहरुको पालना गर्न सरकारले आग्रह गरेको छ। लकडाउनको अबधीभित्र पछिल्लोपटक संक्रमितको संख्या भेटिनु र बिश्व स्वास्थ संगठनले मान्यता नदिएको प्रयोग बिधिबाट शंकास्पद व्यक्तिको र्यापिड टेस्टमा पोजेटिभ देखिनु खतराको घण्टी भन्दै सरकारले थप सावधानीको तयारी तथा निर्देशन जारीगरेर सकेसम्म कोरोना संक्रमणकाल छोट्ट्याउने कार्यमा सरकारले पुर्ण तयारी गर्नुपर्ने हुन्छ ।
कोभिड–19 को संक्रमितहरुको संख्यामा दिनप्रतिदिन वृद्धि आइरहेको हुँदा सरकारले दुईवटा परिक्षण बिधि (पिसिआर र र्यापिड टेष्ट) मात्र नगरी ठुलो महामारी र नदेखिने सामूदायिक संक्रमणको बेलामा प्रयोग गरिने सामुहिक परीक्षण (पूलटेष्टिङ) बिधि (यसमा धेरै ओटा स्वाबको नमूनालाई सँगै राखेर परीक्षण गरिन्छ।) लाई तीव्र बनाउन शुरु गर्नुपर्ने हुनसक्छ। पछिल्लो समयमा नेपालमा संक्रमित दिनहुँ तीव्र गतिमा बढदो छ । स्वास्थ्य पूर्वाधार र परीक्षण किटको अभावका कारण कोभिड–19 का बिरामी पहिचान गर्न निकै र संक्रमण नियन्त्रण गर्न नेपाललाई निकै गाह्रो हुनेछ। यो बिधिको प्रयोगबाट संक्रमितहरु पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कोभिड-19 संग जुध्न नेपाल सरकारले सार्वजनिक सूचना मार्फत जनतालाई सुसूचित गर्न स्थानीय तथा प्रान्तीय सरकार, राजनैतिक पार्टी र सामाजिक संघसंस्थाहरुको सक्रियतामा सूचना प्रबाह, लकडाउन, क्वारेन्टाइन, आइसोलेसनको पालनालाई कठोरतासाथ पालना गराउन आह्वान गर्नुपर्ने हुन्छ। आबश्यक औषधि तथा स्वास्थसामाग्रीको ब्यबस्थापन गरेर, अस्थायी स्वास्थसेवाकेन्द्रहरुको निर्माण गरेर, अन्तर्राष्ट्रिय सिमानामा कडाई तथा आइसोलेसन वार्ड तयार गरेर संक्रमण र संक्रमितलाई ब्यबस्थित गर्नुपर्नेहुन्छ। प्रयाप्तमात्रामा औषधिहरु, हस्पिटल, बेड, आइसियु बेड, भेन्टिलेटर लगायत तालिमप्राप्त स्वास्थकर्मीहरुको संख्या (28 डाक्टर) निकैकम रहेको परिप्रेक्ष्यमा यो संख्यामा वृद्धिगरि तयारी अबस्थामा राख्नुपर्ने हुन्छ।
दोस्रो अबस्थामा नै नियन्त्रण गर्न सकिएन भने महामारी ले देशको स्वास्थ अवस्था, आर्थिक लगायत सिमित पुर्वाधारहरुले थेग्न नसक्ने निश्चित देखिन्छ ।
निम्नतहका जनसंख्या, ज्यालादारी, श्रमिक र मजदुरहरुलाई दैनिक हुनसक्ने विभिन्न समस्याहरुलाई ब्यबस्थापन गर्नुपर्ने हुन्छ। सरकारमाथि गैर-कोरोना संक्रमित बिरामीहरुको उपचारको ब्यबस्थापन गर्नुपर्ने अर्को चुनौती थप हुनसक्ने हुँदा अहिले नै यसको ब्यबस्थापन र हस्पिटलको वर्गीकरण गरेर प्रादेशिक, जिल्ला अस्पताल लगायत स्वास्थकेन्द्रहरुलाई तयारी अबस्थामा राख्नुपर्ने हुन्छ। यो संक्रमणलाई लकडाउन मार्फत कडाईका साथ गरेर पालना दोस्रो अबस्थामा नै नियन्त्रण गर्न सकिएन भने यसले समुदायलाई नै संक्रमित बनाउने र अन्तमा महामारी नै आउनसक्ने हुँदा यस्तो महामारीलाई देशको स्वास्थ अवस्था, आर्थिक लगायत सिमित पुर्वाधारहरुले थेग्न नसक्ने निश्चित देखिन्छ ।
अबस्थामा हालमा यसको रोकथामको एउटा महत्त्वपूर्ण उपाय भनेको लकडाउन, सामाजिक दुरि कायम गरि शंकास्पद ब्यक्तिहरुलाई आइसोलेसनमा राख्दै स्वास्थ परिक्षण गर्ने र उपचार गर्नेनै हो! तर नेपालको सन्दर्भमा गर्दै यो प्रक्रिया/विधि भारतसंगको अन्तर्राष्ट्रियसिमाना खुल्ला हुनु, भारतीय सहरहरुबाट नेपालीको आगमन उच्चहुनु, सरकारी संयन्त्र र तयारी कमजोर देखिनु तथा स्वंय नेपालीहरुको चेतनास्तर ज्यादै न्यूनहुनु, सार्बजनिक मिडियाहरु त्यति जिम्मेवार नदेखिनु आदिको कारण नेपाल र नेपाली नागरिकहरुले ठुलो जोखिम उठाउनुपर्ने देखिन्छ! यस्तो अबस्थाबाट पार पाउने एउटै मात्रै सहज उपाय भनेको देशका प्रत्येक नागरिकले आफुलाई जिम्मेवाररूपमा प्रस्तुत गरेर आफुलाई जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ:
- यो कोभिड-19 बिश्वब्यापी महामारीको रूपमा प्रकट हुदैगरेको अबस्थामा नेपालमा यसको संक्रमणलाई न्यूनीकरण गर्नु हरेक नेपालीको जिम्मेवारी पनि हो!
- बिदेश(भारत)बाट नेपाली भु-सिमा हुदै नेपाल प्रवेश गर्नुभएका सम्पूर्ण नेपाली दाजुभाइदिदीबहिनीहरु कतै हजुरले गल्ती गरिरहनुभएको त छैन उपचारका लागि अगाडि नआएर?
- फ़ेरि संक्रमित हुनु हजुरको दोष पनि त होइन नि! दोष त आफुलाई उपचारमा अगाडि नल्याउनु होला नि?
- त्यसैले आफू बाहेक अन्य आफ्नै नातागोता, छिमेकी र सम्पूर्ण नेपालीहरुलाई हासीखुशी देख्न चहानुहुन्छ भने आफै अगाडि आइदिनुहोस सम्पूर्ण नेपालीले सम्मान गर्ने छन् !
रामेश्वर बराल, उपप्राध्यापक, जनसंख्या अध्ययन पृथ्वीनारायण क्याम्पस









