चैत्र २८ गते २०७६

ताजा समाचार

चैत्र २८ गते २०७६

विज्ञको सुझाव : कोरोनाबाट बाच्ने घरेलु उपायहरु



कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी – श्वासनली हुँदै फोक्सोमा पुग्दछ | फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ | उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन | त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ | सुन्निएका कोषहरुलाई भाइरसले क्षति गर्दै जान्छ |

ती सुन्निएका तथा संक्रमित कोषको समुह Alveoli मा संक्रमण भएपछि फोसोमा पानी तथा पीप भरिदै जान्छ | त्यसपछि श्वासप्रश्वासको प्रक्रिया अबरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बनडाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ | अक्सिजन सप्लाई अबरुद्ध भएपछि मृगौला, मुटु, मस्तिष्क लगायत अंग फेलर हुन्छन् | त्यसपछि बिरामीको मृत्यु हुन्छ |अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण हरेक देशमा औषधि उपकरण, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्यकर्मीको चरम अभाव छ | एकैपटक सबै देशमा उही रोग फैलिएकोले एउटा देशले अर्को देशलाई सहयोग गर्न समस्या छ | यस्तो अवस्थामा हामी आफैले सतर्कता अपनाउनुको बिकल्प छैन |

श्वासप्रश्वासको प्रक्रिया अबरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बनडाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ | अक्सिजन सप्लाई अबरुद्ध भएपछि मृगौला, मुटु, मस्तिष्क लगायत अंग फेलर हुन्छन् | त्यसपछि बिरामीको मृत्यु हुन्छ |

श्वासप्रश्वासको प्रक्रिया अबरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बनडाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ | अक्सिजन सप्लाई अबरुद्ध भएपछि मृगौला, मुटु, मस्तिष्क लगायत अंग फेलर हुन्छन् | त्यसपछि बिरामीको मृत्यु हुन्छ |

यसको लागि संक्रमण रोक्नु हाम्रो प्राथमिक दायित्व हो | संक्रमित भइयो भने त्यसलाई निमोनिया हुनबाट रोक्नु अर्को दायित्व हो | अन्तराष्ट्रिय रुपमा अभ्यासमा आएको तथा हाम्रो पुर्बिय सभ्यता अनुसार इम्युनिटी पावर बढाउनको लागि यी उपायहरु प्रभावकारी छन् | नेपालीहरु अन्य देशका नागरिकको तुलनामा संक्रमणबाट धेरै सुरक्षित हुनाको कारण हाम्रो जीवनशैली तथा खानपिन नै हो | कोरोना संक्रमणबाट बचनको लागि तल उल्लेखित बिधिहरु अपनाउनुहोला |

बेसार तथा अदुवाको सेवन :
बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ | अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् |


– नुनपानीको कुल्ला :
छिटो आराम महशुष गर्नको लागि नुनपानीको कुल्ला निकै प्रभावकारी हुन्छ | श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घांटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ | नुनपानीले संक्रामक किटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ |

चिया तथा कफी सेवन :
तातो चिया तथा कफी सेवनले मुड फ्रेस हुनुको साथै श्वासमार्गलाई क्लियर गर्ने काम गर्दछ | चिया तथा कफिमा पाइने क्याफिनले स्वाशनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ | जसले गर्दा सास फेर्न सजिलो हुन्छ |

प्रशस्त झोलिलो पदार्थको सेवन :
श्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आबश्यक पानीको मात्रा पुरा गर्दछ | यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ | ताजा फलफुलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् |

– मेथीको प्रयोग :
मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ | मेथीमा प्रशस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ | यसले स्वाश्प्रश्वासका रोग निको गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ | मेथीलाई तरकारीमा राखेर वा चियाको रुपमा वा भिजाएर काँचै खान पनि सकिन्छ | मेथीको साग झन् गुणकारी हुन्छ |

– तातोपानीको स्नान :
तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका किटाणु नष्ट हुन्छन | रोमकुपमा रहेको संक्रमण निको हुन्छ | साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ | स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ |

तातो सुप तथा खाना :
बिभिन्न तरकारी, दाल, गेडागुडी तथा चियाकफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ |यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ | तातो तथा ताजा खाना संक्रमणरहित हुन्छ | तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ |

हर्बल टि :
हर्बल चियाले रोगको संसारसंग लड्न ठूलो मद्दत गर्दछ | निमोनिया, एलर्जी तथा बिभिन्न स्वाश्प्रश्वासका रोगहरु निको गर्न हर्बल चिया चामत्कारिक मानिन्छ | हर्बल चियाले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्दछ | यसले मन तथा मस्तिष्कलाई उर्जाशील बनाउँछ |
निमोनिया यस्तो रोग हो यसले विश्वभरमा बार्षिक ४५० मिलियन मान्छेलाई लाग्दछ |

– प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरिच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ | यी मसलाहरूमा स्वाश्प्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् | भाइरसबिरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन |

प्राणायाम :
स्वाश्प्रश्वासको व्यायाम अर्थात प्राणायामले नाक, मुख तथा घांटीमा रहेको अबरुद्ध हटाउंछ | यसले इम्युनिटी पावर बढाउँछ | शरीरमा रहेका टक्सिन हटाउंछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाब हटाउंछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ |

सुर्यस्नान :
दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका किटाणु नष्ट हुन्छन | घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ | भिटामिन डी ले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ |
– पर्याप्त सुत्ने, पोषिलो खाना खाने, स्वस्थ बाताबरणमा बस्ने, चुरोट नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउंछ |

चिन्ता, तनाब, अधैर्यता, डर तथा आत्तिने बानीले रोगसंग लड्ने क्षमता घटाउँछ | तसर्थ दैनिक यति लाख संक्रमित भए वा यति व्यक्तिको मृत्यु भयो भनेर आत्तिनु आबश्यक छैन | उदाहरणको लागि १ लाख जनसंख्या भएको कुनै बस्तीमा ६० हजार व्यक्ति संक्रमित भएमा बाँकी ४० हजार व्यक्ति अटो इम्युन हुन सक्छन | अर्थात संक्रमित नभइकन रोगसँग लड्ने क्षमताको बिकास हुन्छ | ती ६० हजार संक्रमित मध्ये ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छन | बाँकी १५ % मध्ये आधा बिरामी अस्पताल भर्ना भएर सामान्य उपचारले निको हुन्छन |

बाँकी आधा संक्रमितलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ | आइसियुमा रहेका ती बिरामी मध्ये आधालाई सन्चो हुन्छ | त्यो एक लाख जनसंख्या भएको बस्तीमा यसरी मृत्यु हुने २ -३ हजार हुन सक्छन | त्यो २-३ हजारमा अधिकांश ८० बर्ष नाघेका, किड्नीको समस्या, मुटुको समस्या, क्यान्सर, अंग प्रत्यारोपण गरेका, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका, स्वाश्प्रश्वासका दीर्घबिरामी तथा इम्युनोसप्रेसान्ट व्यक्ति हुनेछन |

त्यसैले किन डर मान्ने ? सतर्क रहौं, सुरक्षित बसौं …. डाटा हेरेर डर नमानौं | त्यो क्षेत्रमा 95 % व्यक्तिको निधन भयो भने हामी ५ % मा पर्छौं भनेर आफ्नो इम्युनिटी पावरमाथि विश्वास गरौँ | प्रत्येक मान्छे हेर्दा उस्तै भएपनि नितान्त फरक क्षमताका हुन्छन् | त्यसैले मलाइ केहि हुँदैन, मेरो परिवारलाई केहि हुँदैन, मेरा आफन्तलाई केहि हुँदैन भनेर आत्मबल बलियो बनाऔं | आत्मबल सामु क्यान्सर त पराजित हुन्छ भने यो कोरोना भाइरसको के नै लाग्ला र ?

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।