चैत्र २७ गते २०७६

ताजा समाचार

चैत्र २७ गते २०७६

संसद विकास कोषलाई कोरोना कोषमा रुपान्तरण गरौं



मानव समाजको लागि अत्यन्तै चुनौतिका साथ पैदा भइरेकोको कोरोनाका कारणले लाखौँ लाख संक्रमित तथा हजारौ हजारको मृत्यु भैरहेको अवस्थामा नेपाल पनि यसको उच्च जोखिम बन्दै गैरहेको छ । यसको नियन्त्रणको सबैभन्दा उत्तम बिकल्पको रुपमा सरकारले लकडाउनलाई लिएको छ ।

सामाजिक दुरी कायम गर्नु नै कोरोना संक्रमणको कम सम्भावित उपाय हो तर नेपालमा यसको मारमा लाखौं लाख मजदुर वर्ग परिरहेका छन् । दिनभरि काम गरी हातमुख जोहो गर्ने परिवारको स्पस्ट पहिचान गर्न नसक्नु, यसको कमसेकम डाटा अनुसार राहत बितरण गर्न नसक्नु सरकारको कमजोरि हो।

अतिबिपन्न परिवारका लागि बितरण गरिएको राहत सम्बन्धित वर्गसम्म पुग्न सकेको छैन ।

जसका कारण आज अतिबिपन्न परिवारका लागि बितरण गरिएको राहत सम्बन्धित वर्गसम्म पुग्न सकेको छैन । सरकारले यसतर्फ तत्काल ध्यान दिनु आवश्यक छ। कोरोना उपचारका लागि सरकारले निर्माण गरेको कोषको उचित उपयोग गर्ने तथा तत्कालका लागि निर्वाचन क्षेत्र विकास कोषलाई रुपान्तरण गरी कोरोना नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नु उत्तम देखिएको छ । उत्तm कोषको रकम पारदर्शी रुपमा खर्च गर्नका निमित्त सुझाव दिन चाहन्छु।

साथै, दुई जना कोरोना संक्रमित देखिएको बाग्लुङ जिल्लामा दुर्त परीक्षण कार्यमा भैरहेको ढिलासुस्ती कारण जिल्लामै अत्यन्तै विषम परिस्थिति सृजना भैरहेको अवस्थामा सरकारले यसको अति दुर्त गतिमा परीक्षण प्रणालीलाई बढाबा दिनका निमित्त पनि अपिल गर्दछु।

गण्डकी प्रदेससभा सदस्य बाग्लुङ