बिदामा विद्यार्थीले सिक्ने सामान्य कुराहरु

विभिन्न अध्ययनले के भन्छन् भने लामो समयसम्म अध्ययन गरिरहनु पनि लामो समयको स्मरणको लागि होइन । बरु छोटो छोटो अध्ययन अनि बीच बीचमा केही उmर्जाशील काम गर्नु हाम्रो दिमागको लागि उर्जापन दिनु हो । यसो गर्दा सकारात्मक परिबर्तन पनि आएका हुन्छन् । अहिले खासगरी विद्यालयको वार्षिक परीक्षा सकिएको अनि बिदा भएको समय हुनाले कतिपय विधार्थीमा समय कसरी बिताउने वा कसरी प्रभाकारी बनाउने भन्ने चिन्तामा हुन सक्छ । त्यसैले यी सामान्य तर विद्यार्थीको लागि उपयोगी काम गरेको खण्डमा बिदाको समय उचित सदुपयोग भएको हुन सक्छ ।

त्यसो भए छोटो छोटो अन्तरालको खाली समय विद्यार्थीले के के गर्ने ? के के काम गर्दा आफ्नो दिमागलाई प्रभाबकारी बनाउन सक्छन ? केही बुँदागत रुपमा छलफल गरौं । यो लेखमा विद्यालयको अध्ययन बिदाको समयमा घरमा बस्दा केही सामान्य काम गर्ने कुरालाइ चर्चा गरिएको छ ।

१. विद्यार्थीले आफ्नो वार्षिक परिक्षा वा सेमेस्टर सकिएको बिदामा गर्ने सबैभन्दा महत्वपूर्ण काम आफ्नो वार्षिक अध्ययनलार्इ समीक्षा गर्न सक्छन् । यो समीक्षाका लागि कम्तीमा आफूले गरेका राम्रा अनि गर्न नसकेका केही सुधार गर्नुपर्ने कुराहरु नोट लेख्नु राम्रो हुन्छ । यसरी लेख्दा भोलिका दिनमा पनि सम्झने क्षमताको विकास हुन्छ । गर्न नसकेका कुरालार्इ के के गल्ती गरेको थिएँ भन्ने कुरा स्मरण गर्ने अनि भोलिका दिन त्यस्ता गल्ती हुन नदिने कुराको आफैले सुनिश्चिता गर्नु राम्रो हुन्छ । अर्को वर्ष आफूले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने कुरालार्इ सम्बोधन गर्ने काम यो बिदामा त्यस्ता विषयको जटिलतालार्इ न्यूनीकरण गर्ने कुरामा आफू निश्चित हुनपर्छ । जसबाट अध्ययन क्षमता अझै प्रभावकारी हुन्छ ।

बिदाको समयलार्इ प्रभावकारी सदुपयोगका लागि महत्वपूर्ण सूत्र भनेको हाम्रो दृष्टिकोणको सकारात्मक परिवर्तन हो । आफूलाई समाजको अब्बल नागरिक बनाउँछु भन्ने मानिसले मात्र आफ्नो हरेक समयको ख्याल गर्दछ ।

२. अर्को महत्वपूर्ण कुरा के हो भने विद्यार्थी ले अघिल्लो वर्ष जस्तो सुकै उपलब्धि हासिल गरेको भए पनि अर्को वर्ष अझ राम्रो अनि लक्ष्य प्राप्तिका लागी प्रभावकारी तरिका लाग्ने गरी तयारी गर्नुपर्ने हुन्छ र जस्तै केही सजिला तरिका हेरौं : यदि कुनै विषय आफूलाई जटिल लाग्छ भने अर्को सेमेस्टरमा वा अर्को शैक्षिक वर्षमा अघिल्लो वर्षभन्दा फरक तरिकाले अध्ययन गर्ने नियम बनाउने । जस्तो नेपाली वा गणित वा कुनै जटिल विषयलार्र्इ दिनमा कम्ती अघिल्लो वर्षभन्दा बढी समय दिने वा लेखाइ प्रभावकारी बनाउने वा पढाइ के सुधार गर्नुपर्ने हो त्यसलाई तालिकामा समेट्ने जसबाट आफ्नो धेरै कुरा सुधार हुन्छन् ।

३. जब आकर्षक लेखाइ हुन्छ, तब बिधार्थी असल छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । जसका अक्षर राम्रा हुन्छन्, त्यस्ता विद्यार्थीहरु पढाइमा पनि अब्बल हुन्छन् भन्ने मान्यता पाइन्छ । त्यसैले बिदाको समयमा आफ्नो नियमित अक्षर सुधारको काममा लाग्नु पर्छ । कहिलेकाँही लेख्न पनि अल्क्षी लाग्ने हुन्छ । यदि त्यस्तो हो भने हामीले हरेक दिन आफ्नो दैनिकी लेख्ने वा आफूलाई मन पर्ने कथा, कविताहरु लेखेर पनि समय व्यवस्थापन गर्न सक्छौं । जसबाट अक्षर पनि राम्रो हुने हुन्छ भने लेखाइका कारणले स्मरण शक्ति पनि बढ्छ । आफू रचनात्मक पनि भइन्छ ।

४. अर्को उस्तै महत्वपूर्ण पक्ष विद्यार्थीले बिदाको समयमा सिक्न सक्ने कुरा ससाना सीपहरुको बिकास गर्ने हो । खासगरी हाम्रो जस्तो विकासोन्मुख देशमा काम सिक्न्ने महत्वपूर्ण समय हो । यो बेला घरका काम, खेतबारीका काम, हाम्रा प्राकृतिक चिजहरु चिन्ने मौका पनि हो यो । उमेर अनुसारका काम खेत खन्न सिक्ने, जोत्न सिक्ने, चित्र बनाउन सिक्ने, रंग लगाउन सिक्ने, भान्छाका काम सिक्ने, खाना बनाउने कुरा होस् वा लुगा धुन सिक्ने आदि काम गर्न सकिन्छ ।

५. बिदाको बीचमा विद्यार्थीले आफ्नो नजिकका संग्रहालयहरु निरीक्षण गर्न सक्छन् । प्रकृतिसँग नजिकिने उपयुक्त मौका पनि हो यो ।

६. आफ्ना आफन्तसँग भेटघाट गर्ने, उहाहरुसँग केही सिक्ने अवसर पनि हो यो ।
७. सामाजिक सञ्जालहरुको प्रयोग गर्ने अर्को महत्वपूर्ण समय पनि यो हो । यो बेला विद्यार्थीले अनलाइन अध्ययन गर्ने, अनलाइन लाइब्रेरी बनाउने, आफ्नो अनलाइन खास गरी इमेल, युटुब च्यानल बनाउने अनि केहि सिकेर यसको उपयोग गर्न मिल्छ ।
८. भाषा, संस्कृति सिक्ने मौका पनि बिदाकै बेला हो । समाजका सदस्य कस्तो बोल्छन्, समाजले के के सिकाउँछ, त्यो सबै सिक्ने अवसरको रुपमा पनि बिदाको उपयोग गर्न सकिन्छ ।
९. आफ्नो परिवारलार्इ सहयोग गर्ने समय पनि हो यो । कतिपय बाबुनानीले परिवारसँग मिलेर परिवार का ससाना काम गर्नु राम्रो हो ।
१०. बिदाको समयमा कम्प्युटरसँग सम्बन्धित सीपहरु पनि आफूमा विकास गर्न सकिन्छ । टाइपिङ गर्ने सीप बढाउने, नेपाली अंग्रेजी आदि सबै कुराको अझ छिटो टाइपिङ्ग गर्न सक्ने क्षमता बढाए पछि फाइदा हुन्छ ।
११. यो आफ्नो शब्द भण्डार बढाउने मौका पनि हो । अंग्रेजी होस् वा नेपाली, जुनसुकै विषयका पनि शब्द भण्डार बढाउने समय बिदामा गर्दा उपयुक्त हुन्छ । त्यतिमात्र होइन, सामान्य विषयमा जटिलता लागेका बुँदाहरु टिपोट गर्ने, अनि दोहोराउने जसबाट शैक्षिक सत्र सुरु भएपछि आफूलाई सहज हुन्छ ।
१२. छुट्टीको समयमा आफूलाई मन पर्ने कुनै आदर्श व्यक्तिको बिषयमा खोज, अनुसन्धान गर्नु राम्रो हुन्छ । अनि त्यस्ता व्यक्तित्वको विगत कस्तो थियो, कसरी संघर्षको पहाड चढ्न सफल भए आदि कुरा सिक्ने समय हुन सक्छ । त्यस्ता व्यक्तिको व्यक्तित्वलार्इ पालाना गर्ने कोसिस वा प्रतिबद्धता गर्नु महत्वपूर्ण हुन्छ ।
१३. यो फुर्सदमा समाजका वृद्धवृद्धा वा अग्रज नागरिकबाट केही सिक्ने समय मिलाउन सकिन्छ । विगत कस्तो थियो, समाज कसरी परिवर्तन भयो थाहा पाउन सकिन्छ । इतिहास जान्ने र अघिल्लो पुस्ताको ज्ञान हस्तान्तरण हुने यो सुवर्ण अवसर हो ।
१४. यो आफ्नो स्वास्थ्यको ख्याल गर्ने महत्वपूर्ण समय हो । विश्व नै कोरोना भाइरसले अहिले आतंकित छ । शारीरिक कसरत गर्ने, खेलहरु खेल्ने आदि गरी तन्दुरुस्त र स्वस्थ बन्नुपर्छ ।

बिदाको समयलार्इ प्रभावकारी सदुपयोगका लागि महत्वपूर्ण सूत्र भनेको हाम्रो दृष्टिकोणको सकारात्मक परिवर्तन हो । आफूलाई समाजको अब्बल नागरिक बनाउँछु भन्ने मानिसले मात्र आफ्नो हरेक समयको ख्याल गर्दछ । नयाँ नयाँ कुरा सिक्ने उत्साह हुने अनि रचनात्मक काम गर्छु भन्ने मानिस नै समाजमा अब्बल हुन्छन् । त्यस्तै व्यक्तिको भविष्य उज्ज्वल हुन्छ ।
जय होस् !

बालबालिकाको अध्ययन बानी भविष्प्रतिको लक्ष्य र उपलब्धि बिषयमा विधाबारिधि पौडेल हिमालयन बोर्डि स्कुलका संस्थापक प्राचार्य हुन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।