चैत्र २६ गते २०७६

ताजा समाचार

चैत्र २६ गते २०७६

कविता : अब विभेद कसको ?



हिजो छुत अछुत मानवको हुन्थ्यो
रगतको हुन्थ्यो
कीराको हुन्नथ्यो
गार्इको हुन्नथ्यो
गोहीको हुन्नथ्यो
हुन्नथ्यो त्यो बुंगुरको

हिजो भेद बिभेद मानवकै हुन्थ्यो
रंगको हुन्थ्यो
हुन्नथ्यो त्यो वेली चमेली फूलको
हुन्नथ्यो गोदावरी, पारीजात, सुनाखरीको
र चढ्थ्यो हर मन्दीरमा, हर मस्जितमा, हर गुम्बामा र हर चर्चमा
फूलका लीलीवीली रंग
बगेका हर नदी र मुलका पानी

तर मान्छे कसरी अछुत भयो ?
मान्छे किन विभेद भयो ?
र पनि इतिहास चोखीएन
हर परकारका छुत र अछुत रंगहरुको रगतले

र हिजो विभेद धर्मको हुन्थ्यो
भगवानको हुन्थ्यो ?

के रगत जुठो हुन्छ ?
के रगत चोखीन सक्छ
पखालेर अनि पानीका रॅग कसले बनायो ?
अनि त्यी पानी उम्रने हिमालका पहाडका मट्टी मुल कसले बनायो ?
अछुतले
छुतले
भेदी अभिबेदी हातलेहरुले हृदयले
अहँ म मान्दिनँ मान्छेका जड मस्तिस्कहरुले छुत मट्टी बनाउछन्
अछुत भुगोल बनाउछन् र
तरछन् अछुत सागरहरु
छुत तिनका मस्तिस्कले

तर आज
अछुत त्यो अदृश्य भाइरसले बनाएको छ
के त्यो भाइरस सुद्र हो
के त्यो भाइरसको मुख कालो छ ?
के त्यो भाइरसको नापनक्सा फरक छ ?
के त्यो भाइरस सेतो भएको भए मान्छे छुत हुन्छ ?
के त्यो भाइरस गोरो र सुकीलो भए मान्छेलाइ छुन मिल्छ ?

संसारका तमाम प्रदर्शनहरुको जवाफ के मान्छेभित्र छ
संसारका यी तमाम उत्खनन् के मानिसले गर्न सक्छ ?

र आज यी सम्पुर्ण छुत र अछुतलार्इ सर्वनायक बनाएर
त्यो सानो किराले छुतको पनि संघार हल्लाइरहेछ
संसय बनाएर त्यो मान्छेको
बर्ह्म देहलाइ पनि सकसकाइरहेछ

कि प्रकृतिमा उठेका परतिकुलताहरु
आजका संस्कृतिलार्इ के जवाफ दिन्छन् ?

सिड्नी, अस्टेलिया