विश्वव्यापि महामारीको रुप लिएको कोरोना भाईरस रोग (कोभिड-19) को रोकथाम तथा प्रतिकार्यका लागि संघ, प्रदेश र स्थनिय तहको संरचना आनुसार हरेकको आफ्नो आफ्नो ठाँउ बाट एकदमै ठुलो भुमिका रहेको छ। अहिलेको यस्तो आपतकालिन अवस्थामा एकले अर्कालाई दोष लगाउने भन्दा पनि आफ्नो ठाँउबाट कसरी यस महामारीको प्रतिकार्याथ महत्वपूर्ण भुमिका निभाउन सकिन्छ भन्ने कुरामा जोड दिन उपयुक्त हुन्छ।अरुलाई अर्ति उपदेश दिन सजिलो छ तर जब त्यही काम आफुले गर्नुपर्छ अनि त्यहा आएर उपस्थित हुनथाल्छ्न् विभिन्न बाहना तथा प्रक्रियाहरु त्यस्ता उपदेशकर्ताहरुको। आफुले पनि केही नगर्ने अनि ढिलै भए पनि केही गर्न खोज्नेहरुको खुट्टा तान्ने प्रवृती त्यगी देशको संरचना अनुसार आफ्नो भुमिका बुझि सोही अनुसार गर्नुनै अहिलेको परिस्थितिमा उपयुक्त हुन्छ।
संघिय सरकारको भुमिका
संरचना अनुसार महत्वपूर्ण एवं अभिभाकत्वको जिम्मेवारी बोकेको संघिय सरकारको भुमिका पक्कै पनि ठुलो नै हुन्छ। धेरैको आसाको केन्द्रविन्दु बनेको संघिय सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सक्नु पनि एउटा महत्वपूर्ण जिम्मेवारी हो। अहिलेको यस आपतकालीन परिस्थीमा संघिय सकारले धेरै राम्रो कामहरु गरेर प्रशंसा पनि पाएको छ भने कति कामकुराहरु समयमै गर्न नस्कदा आलोचित पनि हुनुपरेको छ।
संघिय शशर्तका अव खर्च गर्न नसकिने विभिन्न शिर्षकका बजेट रकमान्तर गरेर कोरोना भाईरस रोग रोकथाम तथा प्रतिकार्याथ स्थापना गरीएको कोष मार्फत खर्च गर्ने व्यवस्था मिलाउने. लकडाउन संगसगै भारत लगाएत अन्य देशहरु बाट हाम्रो देशमा प्रवेश गर्ने नाकामा नै क्वारेन्टाईमा राख्ने व्यवस्थाका साथै सो स्थानमा कोरोना परिक्षण गर्ने व्यवस्था मिलाउने, दुखमा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा लकडाउनका कारण अप्ठारोमा परेका नागरिकका लागी उचित व्यवस्था मिलाउने, स्वास्थ्यकर्मिको सुरक्षालाई पहिलो प्रथामिकतामा राखी सुरक्षाका उपकरणहरु तथा औषधीहरु अन्य देशहरु संग समन्वय गरि उपलब्धता गराउने लगाएतका मुख्य मुख्य कार्यहरुमा संघिय सरकारले विषेश ध्यान दिनु जरुरी छ।
प्रदेश सरकारको भुमिका
अहिलेको यस विषेश परिस्थीतीमा सम्पूर्ण प्रदेश सरकारहरुले आफ्नो दाइत्व बहन गर्न महत्वपूर्ण भुमिका रहेकोछ। कोभिड-19 रोकथामतथा प्रतिकार्याथसंघिय सरकारले गरेका निर्णयहरु कार्यन्वयन गर्ने लागि पर्ने साथै आफुले पनि प्रदेश सरकारको तर्फवाट सम्वन्धी प्रदेशका लागिस्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी आवश्य निर्णयहरु गर्ने, महामारी रोकथाम तथा प्रतिकार्यका लागी प्रदेश स्तरीय कार्ययोजना बनाउने, आवश्यकनिर्देशिका बनाउने र एउटै साझा उदेश्य लिएर अगाडी वढ्न जरुरीछ।
आवश्यक पूर्व तयारी औषधी तथा उपकरणको खरिद तथा उपलब्धताको सुनिश्चितता, प्रदेशका मुख्य-मुख्य नाकाहरुमा क्वारेन्टाईनको व्यवस्था, कोरोना भाईरस परिक्षणको व्यवस्था,प्रदेशका विभिन्न मन्त्रालयहरु,विभिन्न संघ सस्थाहरु, जनप्रतिनिधिविचमा समन्व, किभिड-19 रोकथामका लागी जिल्ला स्तरीय विभिन्नजनचेतनामुलक क्रियाकलापहरु गर्ने, नागरीकको उपचार पाउने अधिकारको सुनिश्चतता, विपद व्यवस्थापन समिति लगाएत विभिन्न समितिको परिचालन लगाएतका कार्यहरुमा प्रदेश सकारको महत्वपूर्ण भुमिका रहन्छ।
स्थानिय सरकारको भुमिका
गाँउ-गाँउमा सिहंदरबार भन्ने कुरालाई सत्य बनाउनैका लागि भएपनि स्थानिय सरकारले आफ्नो जिम्मेवारी वहन गर्ने जरुरी छ र गर्दै आएको पनि छ भन्नु पर्दछ। आतिआवश्यक पूर्वाधारहरु विना नै नाम कमाउनका लागीनै भए पनि हतार हतारमा घोषणा गरीएका नगरपालीका तथा उपमहानगरपालीकाहरु बाट धेरै अपेक्षा राख्नु पनि हाम्रौ कमजोरी हुनसक्छ। नगरेको पनि होईन जन्ने बुझ्ने भएका र उपकरण तथा पूर्वाधारहरुभएका ठाँउमा राम्रो कामहरु भईरहेका कति उदाहरणहरु देख्न अनि समाचारहरु पढ्न पाईरहेका छौ। केही नभएकाहरु पनि अरुको सिको गर्नखोज्दैछन्।
कोरोना भाईरसको महामारीको रोकथाम तथा प्रतिकार्यको सन्दर्भमा जनचेतनामुलक क्रियाकलपहरुमानै बढी महत्व दिदा राम्रो हुन्छहोला स्थानिय सरककारले किनकी कोभिड-19 को महामारी फैलिन नदिनका लागी एउटा उत्तम उपाय मानियको छ क्वरेन्टाईनलाई यसको बारेमा जनसमुदायलाई राम्रो संग बुझाउन नसक्दा विभिन्न मानसिक समस्या आएको पाइन्छ। त्यसैले स्थानिय स्तरमा यसको महत्व बुझाउन जरुरी छ साथमा अरु विभिन्न रोकथाम तथा प्रतिकार्यका उपायहरुको जानकारी प्रदान गर्नेत छदै छ।
अन्त्यमा, संघीय सरकारलेप्रदेश र स्थानिय सरकार संग समन्वय गरेर विदेश बाट नेपल भित्रिने विभिन्न नाकाहरुमानैहेल्थ डेक्स,क्वारेनटाईन तथा कोरोना परीक्षण गरेर संक्रमित व्यक्तिहरु लाई निग्रानीमा राखेपछी यसको जोखीम पक्कै कम हुन्थ्यो।उसो त यो कोभिड-19 को महामारी पनि पहिलो पटक नै आएको हो त्यसैले पनि यो हाम्रो लागी “learning by doing”गर्दै सिक्दैको अवसर भएको छ।आशा छ यो सिकाई अर्थपूर्ण होस।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश
Email address: bhattaraikaruna3@gmail.com









