विपदमा कर्तव्यच्यूत, सच्याउने चाहिँ सामाजिक सञ्जाल !

यति बेला संसारभर कोरना भाइरसको त्रास छ । चिनको उहान प्रान्तमा पहिलो चोटि भेटिएको उक्त भाइरस विश्व भ्रमणमा छ । दिनहुँ मर्नेहरुको संख्या थपिदो छ । पछिल्लो समयमा इटाली पछि अमेरीका भाइरसको केन्द्र बिन्दु बनेको छ । बिस्तारै छिमेकी देश भारतमा पनि भाइरस प्रभाव बढ्दै गएको छ । हाल सम्म नेपालमा पनि कोरना भाइरस छ जनामा देखिएको छ । बिस्तारै यसको सक्रमण बढ्ने हो कि भन्ने त्रास देखिएको छन ।

नेपाल सरकारले चैत एघार गते देखि नै पुर्ण रूपमा आवतजावत बन्द गरेको छ । यसैलाई लकडाउन भनेर भनिएको छ । सामाजिक दुरी बढाउनु नै यस्को उत्तम बिकल्प भएको जानकारहरुले बताएका छन् । यतिबेला हामी सबै लकडाउन कै अबस्थामा छौं । नेपाली जनताहरुले लकडाउनको पुर्ण पालना गरेका छन्

अगिपछी राजनीतिक दलहरूले गर्ने नेपाल बन्द भन्दा यो लकडाउन नितान्त फरक छ ।जनताको स्वास्थ्यको ख्याल राखेर गरिएको यस बन्दलाई सम्पुर्ण राजनीतिक दलको समर्थन छ । निजी क्षेत्रका उधोगी ब्यापारीहरुले पनि यसलाई समर्थन गरेका छन् । हुन पनी जीवन रहे पो अरु थोक । आखिर हामी बाँच्न सकिएन भने अरुको के महत्त्व छ र हामी सबैलाई एक चोटि मात्रै पाएको जीवन प्यारो हुने नै भयो । सरकारले जीवन बचाउने प्रयास गर्दै गर्दा सरकारले गरेका अपारदर्शी कामहरुको चर्को आलोचना पनि भएको छ ।

सामाजिक संजाल फेसबुक , टुइटर सामान्य अबस्थामा भन्दा अहिले व्यापक प्रयोग भएको छ । सामाजिक संजालको प्रयोगकर्ताको समय बिताउने साधन नै फेसबुक टुइटर लगायतका सामाजिक संजालहरु भएका छन् । सुचना प्राप्तिको साधन नै अहिले अनलाइन र सामाजिक संजाल भएको छ। सामाजिक संजाल अहिले कोरनामय छ। प्रयोग कर्ताहरु एकपछि अर्को पर्तिकृया लेख्न मै ब्यस्त छन् । सिङ्गो सामाजिक संजाल अहिले दुइ भागमा बाडिएको छ । एक थरी प्रयोगकर्ताहरु सरकारको बिरोध र अर्का थरी प्रयोग कर्ताहरु सरकारको समर्थन अर्थात बचाउँ गर्नमा ब्यस्त छन् ।

प्रधानमन्त्री यै बेलामा बिरामी हुनु । उनका विश्वासपात्रहरुले बेला बेलामा उनलाई धोका दिनुमा केही न केही रहस्य रहेको अनुमान सहजै लगाउन सकिन्छ ।

समर्थन गर्नेहरुले मह काड्नेले हात चाट्नु ठूलो कुरा होइन भन्दै संस्थागत भष्टचारलाइ प्रश्रय दिन खोज्दै छन् । घुमाउरो पाराले आफ्नो नेताको बचाउँ गरेका छन् । पाटीको इमानदार सिपाहीको रूपमा आफुलाई स्थापित गराउन प्रयासरत छन् । सत्तासिन नेकपाकै आलोचनात्मक चेत राख्ने नेता कार्यकर्ताहरु भने सरकारले गरेका गलत कामहरुको खुलेर बिरोध पनि गरेका छन् । नेपाल सरकारले कोरना विरुद्ध लढ्नको लागि स्वास्थ्य सामाग्री खरिद गर्ने क्रममा अनियमिता भएको गुनासो छ । बजार मुल्य भन्दा चर्को मुल्यमा खरिद गरिएको भन्दै सामाजिक संजालमा आलोचना खेप्नु पर्यो ।

कतै कतै त महामारीको बेलामा पनि भष्टचार गरेको भनेर सरकारले कात्रो किन्दा पनि दुई नम्बरी भनेर व्यापक असन्तुष्टी समेत भयो । अदालतमा मुद्दासमेत पर्यो । हिजो उन्नाइस गतेमात्रै सरकारले आलोचना खप्न नसकेर सम्झौता गरेको कम्पनीलाई दोष दिएर सम्झौता रद्द गर्यो । सम्झौता रद्द भए पछि पनि सरकारले आलोचना खेप्नु पर्यो । देशमा बलियो प्रतिपक्षको भुमिका यतिबेला सामाजिक संजालले निर्बाह गर्यो । सरकारले प्रत्यक्ष नभने पनि अप्रत्यक्ष रूपमा गल्ती भएको कुरालाई स्वीकार गर्यो । प्रधानमन्त्री यै बेलामा बिरामी हुनु । उनका विश्वासपात्रहरुले बेला बेलामा उनलाई धोका दिनुमा केही न केही रहस्य रहेको अनुमान सहजै लगाउन सकिन्छ । ती केही रहस्य पत्ता लगाउने अनलाइनलाइ ह्याक गर्न खोज्नेहरु प्रधानमन्त्रीकै नजिकैका आसेपासेहरु हुनु ले त झन् अर्को रहस्यमय आसंका जन्माएको छ ।

अहिले देशमा कम्युनिस्टको सरकार छ । दोस्रो जनआन्दोलनपछिकै शक्तिशाली सरकार हो यो ।कम्युनिस्टको सरकार आएपछि भष्टचारीहरुको भागाभाग हुनेछ । गरिब निमुखा र दिन दुखिहरुले सन्तोषको श्वास फेर्छन । देशमा समाजवाद आउछ । शिक्षा र स्वास्थ्य निशुल्क हुन्छ । जनताका न्युनतम आवश्यकता पुरा हुन्छन् । नेकपा ९नेकपा ०ले भने जस्तो समृद्ध नेपाल सुखी नेपाली हुनेछन् । जनयुद्धले परिकल्पना गरेको समाज निर्माण हुनेछ । बिस्तारै नेपाल जनगणतन्त्र नेपाल हुने छ ।

तर अहिले जुनै सरकार आए नि कान चिरे कै आउने हो हाम्ले दुख पाउने हो भने जस्तै भएको छ। महामारीको बेलामा पनि लाजमर्दो छ । भनिन्छ नेपालका कम्युनिस्टहरु प्रतिकुल अवस्था डटेर सामना गर्छन् । अनुकूल अवस्था आए पछि सिद्धान्त, बिचार र कम्युनिस्ट घोषणापत्र सबै भुल्छन । बिगतमा परिवर्तनका लागि भएका आन्दोलनहरुले अहिले यहि पुष्टि गरेको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।