कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ |
-छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठू
लो संख्यामा किट निर्माण गरिरहेको छ | १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् |
.
– त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ | चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ |
.
-कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ | अर्थात घटिरहेको छ | जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ |
.
-इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् |
.
-चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् |
.
-भारतमा पनि ८६ बर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् |
.
-युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ |
.
– बालबालिकामा कोरोना संक्रमणको डर एकदम नगन्य छ |
.
-नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण भइरहेको छ |
.
– अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ | सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ |
.
– उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता 95 % बिरामी निको भएर फर्किएका छन् |
.
– कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो शरीरले त्यो भाइरस बिरुद्ध लड्ने प्रणालीको बिकास गर्छ | तसर्थ उपचारको खाँचो नपर्ने हुन्छ |
.
– हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी /एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् | कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५० % को मृत्यु नाजुक स्वास्थ्यको कारण हुनेथियो |
.
हामी नागरिक चेतनशील भएका छौं | १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं | सतर्क रहौं, घरमै बसौं |









