अर्थतन्त्रमा कोरोना प्रभाव

कोरोना भाइरस अहिले तीव्र गतिमा महामारीको रुपमा विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो लेख तयार पार्दाको समयसम्म विश्वका २०१ देशमा संक्रमण पुष्टी भइसकेको छ । यो महामारी भाइरसबाट ५ लाख ७५ हजार भन्दा बढीलाई लाई संक्रमण देखिएको छ जस मध्ये १ लाख ४२ हजार भन्दा बढी उपचार पछी घर फर्किसकेका छ भने २६ हजार बढीको ज्यान गइसकेको छ ।

यसरी नै संक्रमणको गणितीय मात्रा थपिदै जाने हो भने अहिलेको उदाउँदो विश्व अर्थतन्त्रको भविस्य खतरामा पर्न सक्ने अनुमान सोझै लगाउन सकिन्छ । आर्थिक जानकारहरुका अनुसार केहि समय यहि अबस्था रहे विश्वको आर्थिक वृद्धिदर आधाले घटेर १.५ प्रतिशत रहने आँकलन गरि सकेका छन् । विश्वको शक्तिशाली देशहरु चिन र अमेरिका लगायत अन्य युरोपेली रास्ट्रहरु समेतमा यस महामारी भाईरसको प्रत्यक्ष असर देखिसकेको अवस्थामा अबको विश्व अर्थतन्त्र लगायात नेपाली अर्थतन्त्रमा कस्तो असर रहला ।

१। विकसित र विकासोन्मुख राष्ट्रहरुमा संक्रमणको निराकरण मै ध्यान केन्द्रित हुने हुनाले साथै देशमा उत्पादन तथा निर्माणका उद्योगहरु प्राय ठप्प हुँदा राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा ह्रास आउन सक्छ ।


२। विश्वका अधिकांस मुलुकहरु अहिले लकडाउन छन् र केहि समय यसै रहने अवस्था रह्यो भने बन्द उद्योग कलकारखानाहरुले सदाको लागि बन्द नै गर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन । यदि विस्तारै महामारी भाईरस नियन्त्रण आयो र बन्द उद्योगहरुले उत्पादन गरि हाले भने पनि उत्पादन लागतको असह्य बोध गर्ने छन् । भने अत्यावश्यक उपभोग वस्तुहरु को मूल्यमा ह्वात्तै वृद्धि हुनेछ ।

३। यदि संक्रमणको विस्तारै नियन्त्रणमा आइहाल्यो भने पनि विश्वका विकसित एबं विकासोन्मुख मुलुकहरुले आन्तिरिक रोजगारीको अवसरलाई जोड दिने हुंदा रेमिट्यान्समा ह्रास आउन सक्छ ।

४। विश्वका झन्डै १९९ राष्ट्रहरुमा संक्रमण गरिसकेको छ । त्यसैले यस महामारीको नियन्त्रण पछि सम्पूर्ण राष्ट्रहरुले आ(आफ्नो अर्थतन्त्रलाई सबल बनाउने तर्फ केन्द्रित हुनेछन जसले गर्दा एक देशले अर्को देशमा गर्ने लगानीमा ह्रास आउन सक्छ । भने आन्तरिक अर्थतन्त्रमा पनि तत्कालै लगानीमा ह्रास आउन सक्छ भने दीर्घकालीन रुपमा भने क्रमस वृद्धि हुनेछ ।

५। देशमा सीमा नाका बन्द हुने हुनाले निर्यात तथा आयातमा ह्रास आउन सक्छ भने व्यापार घाटा समेत बढ्नेछ साथै समग्र राष्ट्रिय बचतमा समेत ह्रास आउन सक्छ ।
६। विकासोन्मुख राष्ट्रहरुले अत्यावश्यक उपभोग्यका वस्तुहरु पनि आयात गर्नु पर्ने हुनाले वैदेशीक व्यापार घाटा झन झन चुलिदै जानेछ ।
७। हुने खाने त जसरि तसरी बाँच्ने नै भए अर्को हुँदा खाने वर्गले साँझ बिहानको छांक कसरि कटाउने भन्ने चिन्ता र भयले विचलित भइरहेको अवस्था छ जसले गर्दा यि हुने खाने र हुँदा खाने वर्गको खाँडल झन झन बढ्न सक्नेछ ।

कोरोना प्रभावित राष्ट्रहरुले आ(आफ्नैं राहतका प्याकेजहरु घोषणा गरिराखेको छन् । यी यस्तो सहयोगले न्यून आय भएका वर्गहरुलाई तत्कालै केहि राहात त मिल्नेछ साथै दीर्घकालीन समस्याको सामाधानको पाटो पनि समयमै सोच्न पर्ने टड्कारो आवश्यकता छ । यस महामारीको छिट्टै नियन्त्रण नहुने हो भने अन्तर्राष्ट्रिय मुद्राकोषले प्रक्षेपन गरे जस्तो विश्वको आर्थिक वृद्धिदर सन २००८र०९ को आर्थिक मन्दी पछिको सबैभन्दा विकराल अवस्थामा विश्वको अर्थतन्त्र नमोडिएला भन्न सकिदैन ।

कोरोना नियन्त्रणको लागि नेपाल अहिले लकडाउनमा छ । यसले दैनिक जीवन यापनमा नराम्रोसँग असर पारेको छ भने आर्थिक क्रियाकलापहरु ठप्प जस्तै छ । आन्तरिक तथा वाह्य उडान रोकिएको छ भने पर्यटन व्यावसाय शिथिल बन्न पुगेको छ । भ्रमण वर्ष २०२० पनि स्थगित भैसकेको छ । विभिन्न मुलुकमा रोजगारी गरिराखेको नेपालीहरुको भविस्य के हुन्छ भन्ने पाटो अझै अन्योलमा छ । भने श्रम स्वीकृति पनि रोकिएको छ जसले गर्दा अवको अर्थतन्त्रको दिशा कुन तर्फ मोडिन्छ भन्ने कुनै निश्चित छैन् ।

कोरोनोको असरले समग्र विश्व आर्थिक एबं सामाजिक क्षेत्रलाई तहसनहस पारिराखेको छ । त्यसैमा नेपाल जस्तो सिमित स्रोत साधनले चलेको मुलुकको अर्थतन्त्र उकास्न सरकार एक तर्फी लाग्नु भन्दा पनि निजि क्षेत्रसंग तत्कालै सहकार्य गरि उचित सामाधान उन्मुख लाग्नु पर्दछ भने निजि क्षेत्रले पनि भरपुर रुपमा सरकारको कदमलाई साथ सहयोग गर्नु पर्ने अवस्था आएको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।