फागुन २९ गते २०७६

ताजा समाचार

फागुन २९ गते २०७६

खबरदार, न १ इन्च भूमि दिन्छौ, न १ इन्च लिन्छौं !



भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले भन्दै नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गर्ने प्रस्ताव प्रतिनिधि सभाको कार्यसूचीबाट आज पनि किन हट्यो, सम्माननीय सभामुखज्यू ?

अबिलम्ब यो राष्ट्रबादी प्रस्ताव दर्ता र पारित होस् ।

नेपाल र भारत दुबै उस्तै र अलग अलग स्वतन्त्र राष्ट्रहरु हुन् ।२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९५० को सन्धि पुनरावलोकन गरियोस भन्ने पार्टीका कार्यकर्ता हौं हामी ल। भारतले तेस्रो पटक नाकाबन्दी गर्दा राष्ट्रिय स्वाभिमानका नायक केपी ओलीले जमेर त्यसको मुकाबिला र राष्ट्रिय स्वाभिमानको झण्डा फहराएका कम्युनिस्ट पार्टीका कार्यकर्ता हौं हामी। त्यस्तै क्रान्तिका अर्का नायक प्रचण्डले समेत नेतृत्व गर्नुभएको पार्टीमा हामी छौँ । अनि भारत बर्षका धेरै नेतासित प्रतिस्पर्धा गर्न सक्ने महामानव बिश्वेश्वरप्रसाद कोईराला र जननेता मदन भण्डारी जन्मेको मुलुकका नागरिकहरु हौं ।

नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गर्ने प्रस्ताव प्रतिनिधि सभाको कार्यसूचीबाट आज पनि किन हट्यो, सम्माननीय सभामुखज्यू ?

अनि यो सङ्कल्प प्रस्ताव प्रतिनिधि सभाको कार्यसूचीबाट दुई दुई पटकसम्म हट्दा हाम्रो राष्ट्र कहाँ जान्छ ? भूगोल ,जनसंख्या र क्षेत्रफलका आधारमा राष्ट्रिय स्वाभिमान र भूअखण्डता सानो वा ठूलो हुन सक्दैन ।

भारत भारत आफ्नो तागतले हैन, अङ्ग्रेजको उपनिवेशमा भएको बेला नेपाली आमाको स्वाभिमानी छाती र चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डामाथि अङ्ग्रेजको उपनिवेश कायम गर्न कम्मर कसेर लाग्यो तर झुक्न नदिन ठाउँको ठाउँ अङ्ग्रेजसित लड्नुभएका नेपाली आमाका वीर, बीराङ्गनाहरु अमरसिंह थापा ,भक्ति थापा, बलभद्र कुवर लगायतको राष्ट्र नेपालका नागरिकहरु हौं हामी । हामी कसैलाई हाम्रो एक ईन्च आफ्नो भूमि दिन सक्दैनौं र अरुको पनि चाहिदैन।

भारतीय विस्तारवाद मूर्दावाद
भारतीय सेना कालापानी छोड छोड !!