मिडियासँग सिंगौरी खेल्ने कि सरकारको छवि बढाउने ?

सूर्य थापाजी,

प्रधानमन्त्रीको आधिकारिक वेभपोर्टल ह्याक भएको कुरा तपाईले लुकाएर लुक्ने कुरा होइन। इन्टरनेटको पहुँच हुने सारा नेपालीले यो लज्जित दृश्यलाई मन कठोर बनाएर हेरिसकेका छन्। यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको कुनै दोष छैन। तपाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो। यसको नैतिक जिम्मेवारी तपाईकै हुन्छ र हुनुपर्छ। सामाजिक सञ्जालमा तपाईको निम्नकोटीको टिप्पणी पढेपछि यति कुरा स्पष्ट गर्ने मेरो कर्तव्य ठान्दछु।

१. तपाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो। तपाई व्यक्ति होइन, संस्थाको प्रतिनिधि हो। सरकारी नून खाएर दुनियाँलाई गाली गर्दै हिँड्ने तपाईको जिम्मेवारी र नैतिकता दुवै होइन। तपाई व्यक्ति हुँदा जे कुरा लेख्न मिल्छ, जे बोल्न मिल्छ, संस्थाको जिम्मेवारीमा बसेर अहिले त्यो मिल्दैन। यति सानो कुरा स्मरण गराउनुपर्दा म आफैं लज्जित छु।

२. तपाई प्रधानमन्त्रीको सल्लाहकार हुनुहुन्छ। तपाईको जिम्मेवारी सरकार र प्रधानमन्त्रीले गरेका राम्रा काम जनतामा लैजाने हो। सरकार र प्रधानमन्त्रीको छवि बढाउने हो। सरकार र प्रधानमन्त्रीका तर्फबाट जान वा अञ्जानमा गल्ती वा कमजोरीहरु भएमा त्यसलाई कुशलतापूर्वक समाधान गर्ने हो। तपाईको एक मात्र जिम्मेवारी हो प्रधानमन्त्रीको छवि बढाउनु, सरकारप्रति जनताको विश्वास बढाउनु। तर, तपाईका गतिविधिले स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले पनि पक्कै अप्ठ्यारो महशुस गरेको हुनुपर्छ।

३. गत साता प्रधानमन्त्रीज्यूको ट्वीटर ह्याण्डिलबाट सोनिया गान्धीको भिडियो रिट्वीट भयो। आज प्रधानमन्त्रीको साइटमा अश्लिल सामग्री पोष्टिए। यी सबै घटनामा तपाईको नियत गलत छैन। तर, पदमा बसेपछि त्यसको समाधानतिर लाग्ने कि नानाथरिका कूतर्क गरेर बस्ने रु अरुलाई गाली गरेर बस्ने समय समस्या समाधानका लागि खर्चिनुभएको भए सायद यतिञ्जेल पोर्टलको समस्या समाधान भइसक्थ्यो होला। यति सम्वेदनशील कुरामा कूतर्क गर्ने कि जिम्मेवारीवोध गर्ने रु के तपाई यति धेरै गैरजिम्मेवार बन्न मिल्छ ?

सूर्य थापा

४. तपाईको काम मिडियासँग सिँगुरी खेल्ने होइन। सजीव सम्बन्ध बिस्तार गर्ने हो। सबै मिडिया तपाईकै निर्देशनमा चल्दैनन्, उनीहरुको आफ्नो दृष्टिकोण हुन्छ। वैचारिक आस्था र व्यवसायिकता पनि होला। बरु, त्यो बुद्धिमानी हुन्छ, आलोचकहरुसँग आत्मीय सम्बन्ध विकास गर्नु। तर, तपाईका गतिविधि त्यसको ठीक विपरित छन्। यसले सरकारको छवि गिरिरहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिकूल स्वास्थ्यका बाबजुद पनि गरिरहेको कठोर मेहेनत र साधना माटोमा मिलिरहेको छ। तपाईलाई यतातिर सोच्ने फुर्सद कहिले मिल्छ रु

५. सूर्यजी, तपाई पार्टीको केन्द्रीय सदस्य पनि हो। पार्टीको विधान र प्रतिवेदन पढ्नुभएकै होला। अरुलाई विनम्रताको उपदेश सिकाउने तपाईका आफ्ना स्टाटस, लेख, अन्तर्वार्ता र भिडियोहरु एकान्तमा आफै पढ्नुस्, आफै सुन्नुस्। म पार्टी नीतिअनुरुप छु कि छैन भन्ने कुराको आफै आत्ममूल्याङ्कन गर्नुस्। पार्टीले राजनीतिक प्रतिवेदन र विधानमा स्वामित्व लिइसकेका विषयमा तपाईलाई निम्नकोटीको टिप्पणी गर्ने अधिकार छैन। कि विधानको व्यवस्था हटाउनुस्, कि विधानको अधिनस्थ बस्नुस्, यो अराजकता स्वीकार्न सकिँदैन।

पाई व्यक्ति हुँदा जे कुरा लेख्न मिल्छ, जे बोल्न मिल्छ, संस्थाको जिम्मेवारीमा बसेर अहिले त्यो मिल्दैन। यति सानो कुरा स्मरण गराउनुपर्दा म आफैं लज्जित छु।

६. अर्को कुरा, तपाईले ममाथि कतैबाट परिचालित भएको भन्नसम्म भ्याउनुभएछ। म सरकारको तलव खाएर पार्टी एकताको विरोध गरिरहेको छैन। गरीमामय कुर्सीमा बसेर निम्नस्तरका लज्जित अभिव्यक्तिहरु दिइरहेको छैन। जहाँसम्म म सचिवालयबाट बाहिरिएको कुरा छ, त्यो मेरो व्यक्तिगत कुरा थियो। मैले कुनै अपराध गरेको थिइनँ। तर, प्राविधिक त्रुटी भएको थियो। त्यसलाई हृदयदेखि आत्मसाथ गरेर नै मैले अध्यक्ष र प्रधानमन्त्रीज्यूका लागि बाटो सहज बनाइदिएको थिएँ। दोस्रो कुरा, यो घटना पार्टी एकताअघिको थियो, जति बेला पूर्वएमाले र पूर्वमाओवादीको अलग–अलग अस्तित्व र अन्तरसंघर्ष कायम थियो।

७. जुन दिन दुई पार्टी एकीकृत भएर नेकपा बन्यो। त्यो बेलादेखि म लगातार एकताको पक्षमा छु। मैले एकता भाँड्न तपाईले जस्तो कुनै कसरत गरेको छैन। मैले पार्टीको विधान र प्रतिवेदन राम्रोसँग पढेको छु, त्यसको अक्षरंश पालना गर्न म प्रतिवद्ध छु। म तपाईजस्तो धमिलो पानीमा माछा मार्ने मान्छे होइन र मार्दिनँ। जसले राष्ट्रिय हित र पार्टी एकताको विरोध गर्छ, त्यो कुरा मेरा लागि स्वीकार्य हुँदैन। त्यसको म वैचारिक प्रतिवाद गर्छु, यो मेरो लोकतान्त्रिक गणतन्त्रले दिएको मौलिक हक हो, तपाईले दिएको निगाह होइन।

८. सूर्यजी, कसैलाई धम्क्याएर, थर्काएर जनयुद्धको औचित्य समाप्त पार्छु, परिवर्तनकारी नेतृत्व कमजोर पार्छु भन्ने भ्रम पाल्नुभएको भने त्यो भ्रमबाट मुक्त हुनुस्। यो गणतन्त्र, यो संविधान, यो परिवर्तन ल्याउन हामीले जीवन हत्केलामा राखेर लडेका छौं। जेलनेल र यातना भोगेका छौं। हामी तपाईजस्तो अरुलाई गाली गर्दागर्दै भएका टाँकुरे नेता होइनौं। सरकारी तलव खाएर बालुवाटारबाट धम्काएपछि तर्सिहाल्छन् भन्ने भ्रम पाल्नुभएको छ भने त्यो भ्रम अहिले नै फाल्नुस्, अस्तु !

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।