फूल र जीवनको सम्बन्ध

फूल राम्रो गुलाफको का“डा भए पनि
सम्झना आइरहन्छ साथी टाढा भए पनि
फूल फुलेको देख्दैमा टिपी नहाल्नू
सफल जिन्दगीको कामना
यही छ मेरो नया वर्षको शुभकामना

यस्तै माािर्मक शब्दमा उनिएको छ लाहुरेनी फूल उपन्यास । यसलाई सुष्मा रुपाबुङ राईले उपन्यासको रुप दिएकी छिन् । यसलाई फिनिक्स बुक्सले बजारमा ल्याएको छ । यो कृति लाहुरेनी फूलकै वरिपरि घुमेको छ ।

फूल चुस्न आउने भमरा र पुतलीको बारेमा सुष्माले सु्न्दर र सारगर्भित व्याख्या गरेकी छिन् । उनी यसरी लेख्छिन्, ‘हुन त फूल चुस्न आउने भमराहरु कति पोथी हु“दा हून्, पुतलीहरु कति भाले हु“दा हुन् । तर सबैको मानसपटलमा भमरा भाले र पुतली पोथीको प्रतीक भएर बसेको छ । कसैले पनि पुतलीलाई भाले र भमरोलाई पोथीको रुपमा स्वीकार्न सकेको भेटिन्न ।’

फूलले मानिसको जीवनको सुख अनि दुखको प्रतीकको रुपमा अहम् भूमिका खेलेको हुन्छ । लाहुरे परिवारको जीवनको घटनालाई लेखकले नजिकबाट नियालेर लेखेकी छिन् । त्यही कारण उनले उपन्यासको नामाकरण गरेकी छिन् ।

यो उपन्यास समाजमा जेलिएको प्रेमकथा हो । प्रेमलाई सामाजिक सांस्कृतिक परिवेशले पारेको प्रभावमाथि सुष्मा संवेदनशील छिन् । उनी प्रेमको बारेमा यसरी आफ्नो विचार राख्छिन्, ‘प्रेम गर्नेहरुको जीवनमा अनेकन मोड आउ“छन् । तर प्रेम प्राप्ति मात्र होइन् त्याग हो बलिदान हो भन्छन् प्रेमविदहरु ।’

‘प्रेम गर्नेहरुको जीवनमा अनेकन मोड आउ“छन् । तर प्रेम प्राप्ति मात्र होइन् त्याग हो बलिदान हो’


लाहुरेनी फूलको बिम्बलाई उनले उपन्यासको बीच बीचमा प्रतिबिम्बित गरेकी छिन् । मान्छेको संवेग र फूललाई उनले मिहिन ढंगले उजागर गरेकी छिन् । एउटा अंशमा उनले यसरी प्रसंग जोडेकी छिन्, ‘नुमाले मेरो प्रश्नको उत्तर बोलेर दिइनँ तर उसको आ“सुको आवाज म बुझिरहेकै थिएँ । उसले चुपचाप पछाडि राखेको आफ्नो हात अगाडि ल्याई । हातमा एक झुप्पा लाहुरेनी फूल थियो । केही नभनी उसले मेरो हातमा त्यो झुप्पा थमाई । हठातै, दोडेर उ आफ्नो घरतिर गई ।’

बाहिरबाट लाहुरे परिवार जति सुखी देखिन्छ तर यथार्थमा छैन । यही वास्तविकतालाई उनले मार्मिक जीवनगाथामा वर्णन गरेकी छिन् । विदेशिएका लाहुरेको आफन्तस“ग छुट्टिनुपर्दाको पीडा र त्यसले निम्त्याउने पारिवारिक तथा सामाजिक विचलनको बारेमा लेखक प्रत्यक्षदर्शी भएकी छिन् । उनको पहिलो कृतिले राम्रो लेखक बन्न सक्ने सम्भावनाको संकेत गरेको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।