चतुर र क्षमतावान नेता

प्रदीप ज्ञवाली नेपाली राजनीतिमा निकै चतुर र विद्वान खेलाडी मानिन्छन । शक्तिशाली सरकारको परराष्ट्र मन्त्रीको बागडोर सम्हालिरहेका उनलेे दरबार हत्याकाण्डपछिको निरंकुश शासन विरुद्ध संसदमा आवाज उठाए । देश चरम भ्रष्टाचारको चपेटामा डुबेको थियो । त्यसकारण भ्रष्टाचारको विरुद्धमा कडा कानुन बनाउन पहल गरे र भ्रष्टाचार निवारण ऐन बन्यो । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान ऐनको पनि निर्माण गरियो, जुन अख्तियारको लागि बलियो कानुन सावित भयो । त्यसपछि विशेष अदालत ऐन र महाअभियोग सम्बन्धि ऐन पनि विकसित हुँदै गए । अनि द्वन्दकालका विभिन्न घटनाको छानबिन त्यतिबेला नै सुरु गरियो र रोल्पाको हारजन हत्याकाण्डको पनि छानबिन गर्दा उनको छवि झन उँचो भयो ।

सुडानमा नेपाल प्रहरिको मिसन पठाउने सन्दर्भमा उनिहरुलाइ पठाउने सामान एपिसी लगायतका सामानहरुमा भ्रष्टाचार भएको आशंका गरियो । तर मुख खोल्न कसैले सकेन । उनी दरिलो भएर मुख खोले र आवाज उठाए । अन्तत ४५ करोडको सामानमा ३१ करोडको भ्रष्टाचार गरिएको पुष्टि भयो । यो नेपालमा भएको त्यतिबेलासम्मको सबभन्दा ठूलो भ्रष्टाचार काण्ड थियो । उनी सुडान पुगेर अनुसन्धान गरे, जसको फलस्वरूप नेपाल प्रहरीका ३ जना आइजिपी ओम विक्रम राणा, हेमबहादुर गुरुङ र रमेश ठकुरी लगायत केही ठेकेदार समेत जेल परे

नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण पाटो मानिएको कालीगण्डकी करिडोर उनकै पहलमा निर्माणाधीन छ । यो करिडोरले उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने छ । तत्कालीन माओवादी सँग वार्ता गर्न सरकारले गठन गरेको ३ सदस्यीय वार्ता टोलिमा रहेर देशलाई शान्ती प्रक्रियामा ल्याउन समेत उनले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

उनी सुडान पुगेर अनुसन्धान गरे, जसको फलस्वरूप नेपाल प्रहरीका ३ जना आइजिपी ओम विक्रम राणा, हेमबहादुर गुरुङ र रमेश ठकुरी लगायत केही ठेकेदार समेत जेल परे

उनी वर्तमान सरकारको परराष्ट्र मन्त्री भएदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको कद उँचो भएको छ । छिमेकी राष्ट् एवं तेस्रो मुलुक सँगको नेपालको सम्बन्ध थप प्रगाढ बनिरहेको छ भने अन्तर्राष्ट्रिय संघ संस्थाका सम्मेलनमा नेपालले उठाउने विषय महत्त्वका साथ हेरिन थालिएको छ । उदाउँदो शक्ति राष्ट्र मानिएको चिनका राष्ट्रपति सि जिङ पिङको ऐतिहासिक नेपाल भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रतिको चासो थप बढेको छ । हालै भएको ज्ञवालीको युरोप भ्रमणले रुसि राष्ट्रपति पुटिनले नेपाल भ्रमण गर्ने संभावना बढेको छ । पुटिनले नेपाल भ्रमण गरेमा नेपाल प्रती विश्वको चासो अझै बढ्ने निश्चित छ । जसले गर्दा अन्तर्राष्ट्रिय लगानी तथा सहयोग बढेर नेपालको आर्थिक, सामाजिक, भौतिक लगायतका विकासमा महत्त्वपूर्ण योगदान हुनेछ ।

दशकौ अगाडि देखि नेपाली भुमिमा अतिक्रमण गरिरहेको भारतलाइ सिमा समस्या समाधान गर्न औपचारिक पत्र यहि सरकारको ज्ञवालीकै नेतृत्वको परराष्ट्र मन्त्रालयले पठायो फलस्वरूप सिमामा समस्या रहेको स्विकार्दै समस्या समाधान गर्न भारत सकारात्मक रहेको जवाफ फर्काएको छ ।
वर्तमान समयमा विवादास्पद रहेको MCC का विषयमा सरकारले केवल नेपालको स्वार्थमा निहित रहेर ठोस कदम चाल्ने कुरामा म विस्वस्त छु । भविष्यमा देशकै नेतृत्व गर्ने प्रधानमन्त्रीको रुपमा देख्न पाइयोस शुभकामना मेरो नजरका एक सच्चा देशभक्त एवं बौद्धिक नेता प्रदिप ज्ञवालीलाई !!