मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने भएको छ । विश्वविद्यालय निर्माणस्थलमा विश्वविद्यालयको साइनबोर्ड राखिएको छ ।
यहाँ बहुउद्देश्यीय भवन बनाउने तयारीसमेत भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण सम्बन्धि विधेयक सदनबाट पारित हुन भने बाँकी छ ।
विश्वविद्यालय निर्माणको लागि आवश्यक ७ सय ४० रोपनी जग्गा छुट्याईसकिएको छ ।
विश्वविद्यालयको सबै संरचना निर्माण गर्दा करिब ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।






