मंसिर १४ गते २०७६

ताजा समाचार

मंसिर १४ गते २०७६

कविता : गाउँघरमा चुनाव



सरकार
चुनाव नजिकै आइसक्यो
अब भोट माग्न
थुप्रै पाटिका नेताहरु
मेरो गाउँ सम्म आउने छन्
दुई दिनलाई भए पनि
मेरो गाउँ
सारै रमाइलो हुनेछ
हो सरकार
पहिले चुनाव हुँदा
म कति रमाइलो मान्थे
त्यति नै रमाइलो
मेरा छोराछोरिले पनि मान्ने छन्
गाउँका सबै बच्चाबच्चीहरुले पनि मान्ने छन्
हो सरकार
मेरो गाउँमा एक चोटि
नेताहरुको रमाइलो मेला लाग्ने छ ।

भोट माग्न
नेताहरु आउदा
केटाकेटिहरु झुम्मिने छन्
म जस्तै गरि
मेरा सङ्गाती जस्तै गरि
आज मलाई
विगतको याद आईरहेको छ
मैले पनि
दलको झन्डा उचालेर
जिन्दावाद भनेको थिए
भोट केमा भनेको थिए
आज जिन्दगीको आधा उमेर
यतै अरबको खाडीमा बित्दै छ
नागरिक भएर पनि
मैले कहिल्यै भोट हाल्न पाइन सरकार
आज
चुनाव मुखैमा आउँदा
मेरो अतीत बल्झिएको छ
मैले मेरा गाउँका बच्चाबच्चिहरु सम्झिरहेको छु
बालिग भइनसकेका
मेरा छोरा छोरीहरु
मेरा भतिजा भतिजीहरु
रमाइलो मानेका छन्
नेताहरूको मेलामा
मैले जस्तै जिन्दावाद भनेका छन्
मुर्दावाद भनेका छन्
भोट केमा भनेका छन्
झन्डा उचाल्दै खुसी भएका छन्
आफ्ना साथी सँगातीहरुको जुलुस बनाएका छन्
हो सरकार
साच्चै
मेरा गाउँका केटाकेटीहरु आज
मेरो गाउँ माथिको थुम्कामा जम्मा भएका छन्
नेताहरूले ल्याएको
पर्चा बटुलेका छन्
तिनै पर्चाको हवाइजहाज बनाएका छन्
फु गरेर आकाशमा उडाएका छन्

एकै स्वरमा
चर्को चर्को कराएका छन्
हाम्रो बाबा भएको ठाउँमा पुग है हवाइजहाज
हाम्रो बाबा भएको ठाउँमा पुग है हवाइजहाज ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं