ताजा समाचार

मंसिर १० गते २०७६

मत सूर्यलाई नै किन ?

जनताले लामो समय सम्मको बन्धक जीवन, हाम्रा पुर्खाको मेहनत का साथै सहिदको बलिदानको फलस्वरूप २००७ शालमा १०४ बर्ष सम्म रहेको राणा शासनको अन्त्य भयो । प्रजातन्त्र प्राप्ति पछि २०१५ शालमा नेपाली काङ्ग्रेसले प्राप्त दुई तिहाइको जनमतलाई नेपाली काङ्ग्रेसले सस्थागत गर्न सकेन । त्यस पस्च्यात तीस बर्ष सम्म देश पन्चहरुको हातमा पुग्यो । जनताहरुको इच्छा, चाहना अनुरुप भन्दापनी सिमित ब्यक्तिहरुको हातमा देश पुग्यो, जसले राज्य दोहनलाई रोक्न सकेन त्यस्तो अबस्थामा देशले गति लिने कुरै भएन ।

त्यो अबस्थामा देशमा जनताले अपेक्षा गरे बमोजिम कार्य भएनन, देश र जनताको लागि र राज्य संचालनको लागि आबश्यक संविधान जनताले बनाउने नभईकन राजाले मोहर लागाउने प्रवृत्ति कायम नै रह्यो । २०४६ शालमा देशमा रहेका राजनैतिक पार्टिहरुले अन्दोलनको घोषणा गरे सबै जनताले त्यो आन्दोलन लाई साथ दिए, जसको फलस्वरूप देशमा प्रजातन्त्र आयो । २०४८ शालमा नेपाली काङ्ग्रेसले बहुमत ल्यायो सरकारको बागडोर नेपाली काङ्ग्रेसको हातमा पुग्यो, जनताको अभिमतको कदर गर्न नसकी २०५१ शालमा ३६ से र ७४ से मा काङ्ग्रेस बिभाजन हुन पुग्यो, आफैले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पास गर्न सकेन जसको फलस्वरूप गिरिजा प्रसाद कोइरालाले मध्याबधी निर्बाचनको घोषणा गरे ।

मध्याबधी निर्बाचनबाट नेपाल कम्युनिस्ट पार्टी एमाले पहिलो पटक देशको सबैभन्दा ठुलो पार्टी हुन पुग्यो, ठूलो दलको हैसियतले नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकार सन्चालनको अभिमत प्राप्त गर्यो र कमरेड मनमोहन अधिकारीज्युले यसको नेतृत्व गर्नु भयो । एउटा मात्र नीति तथा कार्यक्रम पास गरेको सरकारले सामाजिक सुरक्षा (बृद्द भत्ता), आफ्नो गाउँ आफै बनाऔ लगाएतका धेरै लोकप्रिय कार्यक्रम ल्याएको कम्युनिस्ट सरकार अहिले सम्मकै लोकप्रिय सरकारको रुपमा इतिहासमा दर्ज हुन पुगेको छ। तत्कालीन अबस्थामा सरकारको थुप्रै लोकप्रिय कार्यक्रमहरु देखि अतालिएर बिरामी अबस्थामा अस्पतालमानै भएको अबस्थामा अस्पतालको बिस्तारा बाट नै सम्बोधन गर्न लगाई नेपाली काङ्ग्रेसले पन्चहरुको सङको साठगाठमा सरकारको नेतृत्व गर्न पुग्यो जसको नेतृत्व सेर बहादुर देउवाज्युले गर्नु भयो ।

२०५४ शालमा स्थानीय निर्बाचन भयो, २०५६ शालको आम निर्वाचन बाट पुन: नेपाली काङ्ग्रेसले बहुमतको सरकार गठन गर्यो जसको नेतृत्व कृष्ण प्रसाद भट्टराईज्युले गर्नुभयो, करिब १० महिना उहाँको नेतृत्वमा सरकार चल्यो होला, त्यसपछी फेरि काङ्ग्रेस भित्र अस्वस्थ प्रतिस्पर्धाको खेल शुरु भयो वहाँलाई हटाएर गिरिजाप्रसाद कोइरालाज्युको नेतृत्वमा सरकार गठन भयो, करिब १६ महिनामा फेरी सरकार परिवर्तन भयो, सेर बहादुर देउवाज्यु नै प्रधानमन्त्री हुनु भयो, वहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहाले अयोग्य भनी बर्खास्त गर्नु भएपछी नेपालमा फेरी निर्दलिय सासनको शुरूवात भयो, सात दिन सरकार अन्योलमा रहेपछी फेरि सत्तामा पन्चहरुको नै बर्चस्व कायम रह्यो । २०६२ चैत्र २२ देखि २०६३ बैशाख ११ सम्म १९ दिन लगातार जन आन्दोलन २ नामले आन्दोलन शुरु भयो जसको फलस्वरूप नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । २०६३ शाल कार्तिक २२ गते, २०५२ फाल्गुन १ गते ससस्त्र आन्दोलन गरेको माओवादी सङ बृहत शान्ति सम्झौता भयो, २०६३ माघ १ गते अन्तरिम संविधान जारी भयो, २०६४ चैत्र २८ गते संविधान सभाको निर्बाचन, २०७० मङ्सिर ४ गते दोस्रोपटक संविधान सभाको निर्वाचन त्यस्तै गरि २०७२ असोज ३ गते नेपालको सातौ तर जनता द्वारा आफैले निर्माण गरेको पहिलो संविधान जारी भयो ।

संविधान निर्माण भयो, देशको शासन ब्यबस्था चलाउनको लागि आबश्यक नीति नियमहरु बने र २०७४ सालमा देशमा स्थानीय निर्बाचन भयो, त्यस्तै प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा देश बिकासको लागि कम्युनिस्ट एक हुनुपर्छ भन्ने उध्घोषकका साथ एक भएर निर्बाचनमा भाग लिएपछि र कम्युनिस्टले देशकै ठूलो शक्तिको रुपमा दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ । देशमा तीन तहका सरकार हरुको गठन भएको छ, सबै तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेतृत्व रहेको छ । देशमा धेरै परिबर्तन हरु देखिएका छन, बिकासका पुर्बाधारहरु तयार भएका छन, देश समृद्ध बन्दै गएको छ, शुचाङ्क हरुले देश गरिबिको रेखा पार गरेको देखएको छ । पाँच बर्षका लागि जनमत पाएको सरकारले बल्ल २ बर्ष पार गरेको छ, धेरै योजना सम्पन्न गर्नुछ, देश समृद्ध बनाउनु छ, यसको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको छ ।

यसै बिचमा देशमा उप निर्बाचनको माहोल छ, मङ्सिर १४ गते उपनिर्बाचनको मिति तय भएको छ । चुनावमा सबैले आफुलाई मत माग्नु स्वभाविक कुरा हो, तर कसलाई मतदान गर्ने भन्नेकुरा तपाई हाम्रो नैसर्गिक अधिकारको कुरा हो । २०७६ मङ्सिर १४ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिन्ह सुर्यमा नै मतदान किन ? १. देशमा स्थायी सरकारको निर्माण गर्न । २. समृद्ध नेपाल सुखी नेपाली नारा सार्थक बनाउन । ३. राष्ट्रियता जोगाइ राख्न ।

तपाई हामी सबैको एकमात्र रोजाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुनाव चिन्ह: सुर्य