लेखक आरबी निश्चलले आफनो कविता कृति ‘किस्ता किस्तामा जिन्दगी’ बजारमा ल्याएका छन् । यो कवितामा जम्मा अठतीस वटा कविता समावेश गरिएको छ । कृतिलाई मञ्जरी प्रकाशनले बजारमा ल्याएको छ । कवितालाई तीन खण्डमा विभाजित गरिएको छ ।
पहिलो खण्डमा १२ कविता समेटिएका छन् । यसमा ‘चिन्तन अस्तित्वको’ भन्ने शीर्षक राखिएको छ । अस्तित्वमै केन्द्रित भएर उनले कविता लेखेका छन् । यस कृतिको उनको पहिलो कविता ‘अस्तित्वको केन्द्र’ शीर्षकमा छ । उनी लेख्छन्
यस्तो लाग्छ
असङ्ख्य अनन्त तारापुञ्ज लिएर
अस्तित्व नदी बगिरहेछ अन्तरिक्षमा
जहा“
साबुनको फि“जझै उत्पन्न हुन्छन् असङ्ख्य अनन्त ताराहरु
र निमेषभरमै विलिन हुन्छन् अस्तित्व नदीमा ।
दोस्रो खण्ड ‘कवि,पक्षी र पि“जडा’ शीर्षकमा छ । यसमा पनि १२ कविता समेटिएका छन् । उनी यसरी कवि, पक्षी र पि“जडालाई जोडछन् ।
आउ∕ काटिदिऊ“
सारा कल्पना–पक्षीका पखेटा
जसले अदृश्य औ अज्ञात लोकतर्फ उडाउ“छन्
र भोकै मर्न दिउ“ यी सारा कविलाई
जसले कल्पना–पक्षी बारम्बार उडाउ“छन् ।
यस कविता कृतिको तेस्रो खण्डको शीर्षक ‘उत्कण्ठा मुक्तिको’ राखिएको छ । जसमा १४ वटा कविता समावेश गरिएका छन् । उनी कवितामार्फत मुक्तिको उत्कण्ठा अभिव्यक्त गर्न चाहन्छन् ।
आनन्दको स्वार्थी होइन म
सौन्दर्यको पागल होइन म
बस् न्याय चाहियो मलाई
स्वतन्त्रता चाहियो मलाई
विशुद्ध प्रेम चाहियो मलाई
मानव भइ बा“च्न चाहान्छु
जीवन–कुसुम फक्रिएको हेरेर
मन्द–मन्द मुस्कुराउन चाहान्छु ।
कवि मुक्तिको बारेमा उनी एकदम संबेदनशील छन् । उनी यसरी आफनो संबेदनशीलता प्रस्तुत गर्छन् ।
बरफ जिन्दगीलाई
तापको सङगतमा नल्याई
के वाफ बन्न सक्छ र ?
मुक्तिदाता गुरुका शब्दले देखाएको
स्वप्न स्वर्गमा
कल्पना आ“खाले हेरेर मात्र
के मुक्ति मिल्छ र ?
निश्चलका कविताले सरल भाषामा जीवन जगतको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । समग्रमा कृति पठनीय छ ।




