ताजा समाचार

भाद्र ३० गते २०७६

व्यंग्य : स्वतन्त्र नागरिक हुन चाहिने शर्तहरु

स्वतन्त्र नागरीकको सर्टिफिकेटका लागि नभई नहुने केहि अत्यावस्यक प्राबधान : १) गैर कम्युनिस्ट हुनुपर्ने छ /बिकल्पमा राजाबादी, कङग्रेस, नया शक्ती, या अन्य कुनै बैकल्पिक पार्टि मान्य हुने छ॥

२)गाली गलोच गर्न सक्ने सामर्रथ्य हुनुपर्दछ/ त्यो गाली सामान्य देखी जुँगा भएकि आइमाई/ मु** सम्म भन्न सक्नु पर्ने छ॥

३) कानुन मान्न पाइदैन / प्रहरी मान्न पाइदैन/ न्यायलय मान्न पाइदैन॥

४) public Figure ब्यक्तीलाई संविधान भन्दा माथी मान्नु पर्ने छ

५)कम्तीमा दैनिक दश यस्ता अनलाइन समाचार सेयर गर्नु पर्ने छ / जो हेडलाइन मेची तिर र समाचार महकाली तिरका हुन्छन् ॥

६) फेसबुकमा बाइनरी मतदान गराई रहनु पर्ने छ / जस्तो यी रवि र ओली मध्ये चुनाब भए कस्लाई भोट हाल्नुहुन्छ / लाइक रविलाई / कमेन्ट ओलीलाई आदि…

७) सरकार मान्न पाइने छैन / मान्नेलाई नागरीक मान्न पाइने छैन॥

८) बिरोध गर्न सक्नुपर्छ / त्यसका लागि 1st requirement photo, 2nd requirement vedio, Third Requirement online news headline / त्यो पनि नभए कम्तीमा स्टाटस प्रयोग गर्नु पर्ने छ ( जो कोहिको हुन सक्छ, तर intension कसैलाई खुइल्याउने हुनु पर्दछ ॥ खोज/ अनुसन्धान सहितको तथ्यपरक समाचार मान्य हुने छैन ।

९) सबै भन्दा महत्वपुर्ण “तिन करोड जनता ” ” तिन करोड जनता” भनिरहनु पर्ने छ।

१०) माथीका प्राबधान नभएका सबैलाई झोले, देशद्रोही, रास्ट्रघाती, लगायत नेपाली बृहत शब्दकोषमा भएकै सबै गाली गर्न सक्नु पर्दछ ॥ (#पुनस्च: यी सारा प्राबधान भन्दा अलग तार्किक फरक मत राख्ने आलोचक गाली गरुन जेल प्रिय हुने छन् / गाली गर्न छोडे तुरून्तै झोले मानिनेछ ।)

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...