ताजा समाचार

भाद्र १९ गते २०७६

एड्भान्स म्यान

पूर्व–पश्चिम दु्रत रेल सेवा छुटिसक्दा पनि उसलाई निन्द्रा लागेन । ऊ अर्थात वैज्ञानिक कमल सधै राती १२ बजे निदाइसक्ने गथ्र्यो । साढे बाह्र बजेको दु्रत सेवा छुट्यो । चितवन महानगरपालिकाको चलहपहल निकै कम भइसकेको छ । रात्री सिफ्टका कारखानाहरू, कर्मचारीहरू, तारे होटल, पर्यटक गाडी, डिस्कोहरू सक्रिय नै छन् । उसले लाइफ प्लान डायरी पल्टायो । वि. सं. २११५ मा पढाइसक्ने, १७ सम्म वैज्ञानिक प्रयोगशालामा भोलेन्टियर सेवा गर्ने, २०१८ बाट आफ्नो प्रयोगशाला स्थापना, २१२० मा विवाह, २०२५ मा घर निर्माण… ।

अहिलेसम्म उसका सबै कार्यहरू डायरी अनुसार नै भएका थिए । २१२० मा विवाह भने डायरी अनुसार हुने सम्भावना कम हुँदै थियो । डायरीअनुसार नै उसले आफूलाई विकास ग¥यो । २१२० शुरू भएको थियो । उसले योग्य प्रेमिका पाएकै थिएन । कमलले किसिम किसिमका रोवर्टहरू बनाइसकेको थियो । नासा, रूस, चीन, बेलायतका वैज्ञानिकहरूसँग निरन्तर सम्पर्कमा थियो । छलफल, सेमिनार अनुभव आदानप्रदान पनि भइरहन्थ्यो । वि. सं. २०१० बाट बुध ग्रहमा बस्ती बस्न थाले पछि पृथ्वीको जनसंख्या दिनदिनै घट्दै थियो । एक चौथाई नेपाली बुधमा पुगिसकेका थिए ।

२०१५ को एक वसन्तको बिहान हिमाल सफा थियो । माछापुच्छे«, कञ्चनजंघा, सगरमाथा, अन्नपूर्ण, अरू धेरै अनाम हिमालहरू नियाल्यो उसले । आफ्नो नीजि जहाजमा एक्लै थियो कमल । केही फरक महत्वपूर्ण र उल्लेखनीय आविष्कार त गर्नैैपर्छ । उसले सोच्यो । हिमनदीहरू नियाल्दै गर्दा अपर्झट उसले सोच्यो, म मान्छे बनाउँछु, मान्छे । सो च्दासोच्दै जहाज ठोकिन पो लागेछ । आलि हाइट बनाएपछि उसले सोच्यो, ‘रोवर्ट होइन, दुरूस्तै मान्छेकै अवयव भएको, मान्छे बनाउँछु ।’ सोच्दासोच्दै थकित भएपछि ऊ फर्कियो । छतमा जहाज ल्याण्ड ग¥यो ।

भोलिपल्टबाट शुरू भएको हो मान्छे बनाउने क्रम तर आजसम्म पूर्ण सफल भएको छैन । दुई महिनापछि उसले रगत बनायो । डब्लु विसी, आर विसी, प्लेटेन्यस, हेमोग्लो विन र अन्य तत्वहरू सन्तुलित मात्रामा भएको रगत । साँझमा खुसीयाली मनाउन नार ायणी किनारको रिभर भ्यू होटलमा पुग्यो ऊ । अन्य वैज्ञानिकहरू खानपिनमा व्यस्त थिए । कमल बगैचामा बसेर चुरोट तान्दै ताराहरू हेदँै थियो । वेटर मुस्कान छर्दै आई र भनीः–के ही लिनुहुन्छ कि सर ? ‘नो थ्याङ्क्स, प्लिज लिभ मी एलोन ।’ युवती फर्की ।

उत्तेजक युवतीलाई उसले हे¥यो । मनमनै भन्योः ‘यो पनि व्यापार नै गर्दैछे ।’ एक तमाससँग नदी बग्दैछ, ताराहरू छन्, होटलको उज्यालो नदीको आधा भागसम्म पुगेको छ । मान्छेले अरू मान्छेसगँ प्रतिश्पर्धा गर्नुपर्छ । अरूसगँ भन्दा बढी आफैसँगँ प्रतिश्पर्धा गर्नुपर्छ । चुनौति बिनाको यात्रा त के यात्रा ! यस्तो सोच्दासोच्दै कमलले आफूसामु चुनौति उभ्यायो, ‘म राम्री, प्रतिभावान, सुझबुझ भएकी युवती बनाउछु र उसैसँग विवाह गर्छु ।’

डा. चारू, नसा तथा हाडजोर्नी विशे षज्ञ । प्रोफाइल खोल्यो, फोटो सुन्दर छ । तुरून्त इमेल ग¥यो । इमेल, टेलिफोन, भेटघाट, प्रेम द्रूत गतिमा घटित भए । २१२० फागुन १५ गते विवाह पक्का ग¥यो ।

प्रयोगशालामा रात दिन खटेर कमलले छाला, हाड, कोषहरू, रक्तनली बनाइसकेको थियो । धेरै अंगहरू बनाउन बाँकी थिए अझै । अधिकांश अंग विदेशबाट आयात गरे को थियो उसले । २११९ वैसाखको २ गते उसले एउटा बालक बनायो । सुध्न, हेर्न, बोल्न, रून, हास्न, पढ्न सक्ने । स्मरण शक्ति, स्वविवेक पनि भएको । बच्चालाई कम्प्युटर खेल्न दिएर ऊ कफी खान लागेको थियो । उसको खुसी तत्काल अन्त भो । बच्चा म¥यो । यस्तै क्रम, उपक्रम चल्दै थिए । ऊ थकित हुँदै गएको थियो ।

एक साँझ उसले कम्प्युटर खोल्यो । कम्प्युटर खुल्दै गर्दा आफ्नो उमेर गन्यो । चालिस । मान्छे बनाउने योजना चाडै सफल होला जस्तै छैन । तर हिम्मत हार्न पनि त भएन । हाम्रो त जीवन नै प्रयोग हो । कमलले निर्णय बदल्यो, ‘मान्छे बनाउन जारी राख्छु तर अब बिहे चाँही २१२० भित्रै गर्छु ।’ सबैले अपनाउने उपाय शुरू ग¥यो गुगलमा युवती खर्च । आवश्यक योग्यता टाइप गर्दै गयो ः उमेर ३० देखि ३५, मेहनती, वैज्ञानिक वा चिकित्सक, भावुक, अहिलेसम्म विवाह नभएकी, सुन्दर… । एक दर्जन जति रिजल्ट देखिए । पहिलो रिजल्टमा थिई डा. सेन्ट्रा जोन । अनुहार मन परेन उसलाई, दोस्रो हे¥यो । डा. चारू, नसा तथा हाडजोर्नी विशे षज्ञ । प्रोफाइल खोल्यो, फोटो सुन्दर छ । तुरून्त इमेल ग¥यो । इमेल, टेलिफोन, भेटघाट, प्रेम द्रूत गतिमा घटित भए । २१२० फागुन १५ गते विवाह पक्का ग¥यो ।

बुध ग्रहमा जानेहरूको सङ्ख्या बढ्दै थियो । आकाँक्षीहरू धेरै भएपछि एक महिनादे खि बस्ती सार्ने अभियान बन्द थियो । अभियान सुचारू गर्न माग गर्दै मान्छेहरूले विरोध प्रदर्शन गरेपछि महानगरको ट्राफिक अस्तव्यस्त भो । विवाहका आमन्त्रितहरू धेरै जसो आफ्नै जहाजमा आए । गाडीमा आएकाहरू जाममा परे । गाडीमा आउँदै गरेका पण्डित आउन नसक्ने पक्का भो । पण्डितको सुझावअनुसार अर्का पण्डितले घरमै पुस्तक पढ्ने र त्यसलाई इनटरनेटबाट प्रोजेक्टरमा हेर्ने तय गरियो । कमलका बा, आमा पनि आइपुगेका थिए ।

राष्ट्रिय वृद्ध स्याहार केन्द्रबाट उनीहरू सिधै विवाह स्थलको सजिसजाउ स्थल पुगे । मण्डपमा बाजाहरू र होटल परिसरमा चम्किला विभिन्न रंगका बत्तिहरू चम्किदै थिए । जन्ति पर्सिने काम भयो । त्यसपछि स्वयम्वर शुरू भो । दुलही र दुलाहाले एक अर्कालाई औठी लगाइदिए । यसपछि दुवै अङ्गालोमा बाँधिए । प्रोजेक्टरमा मन्त्र पढिदै थियो । केही क्षणमा टीकाटालो शुरू भो । उपहारका कुपन, विलहरू दिइए । चेकहरू दिइए । सुटकेशका चावीहरू हस्तान्तरण गरिए । टीका लगाउने, अंकमाल गर्ने क्रम लामै चल्यो । त्यसपछि भोज चल्यो । म्युजिक शुरू भो । सबै नाच्नमा मस्त ।

दुलाहा दुलहीले केटीका बा आमालाई भनेः ‘अब हामी जान्छौ ।’ जवाफ आयोः ‘राम्ररी जानु, कहिलेकाँही सम्झिदै गर्नू ।’ कमल र चारूको पारिवारिक जीवन आरम्भ भो । उनीहरुले कमल चारू अस्पताल स्थापना गरेर चलाउन थाले । अस्पताल कमलकै प्रयोगशाला नजिकै थियो । कमलको एडभान्स म्यान बनाउने चाहना बाँकी नै थियो । दुवै आ–आफ्नै काममा व्यस्त, सँगसँगै भए पनि भेट हुनै गाह्रो । एक महिनामा एक दिन उनीहरू सँगै डुल्न निस्कन्थे । विवाहको दुई वर्षपछि चारूले छोरा जन्माई आफ्नै अस्पतालमा परिचारिकाले वे वक्यामराबाट बच्चा कमललाई देखाइदिई । प्रयोगशालामा व्यस्त कमल छोरालाई देखेर मुस्कुरायो । चारूले छोरालाई देखी र पीडाका बीचमा पनि गहिरो सन्तुष्टीको अनुभूति उसको अनुहारमा देखियो । चारूलाई खानपिन र सरसफाईमा सहयोग गर्न दुई जना महिलाहरू तलबमा राखिए ।

वि. सं. २१२५ अर्थात घर निर्माणको वर्ष । डायरी बमोजिम उनीहरू दुवैले आ–आफ्नो कमाई जम्मा गरेर १५ रोपनी जग्गा किने र घर बनाउन सुरू गरे । चार तलाको घर । अगाडि पाकिङ र फूलबारी । पछाडि स्विमिङ पुल, प्रयोगशाला, विश्राम कक्ष, अतिथि कक्ष, प्रविधि कक्ष, छतमा हेलिप्याड । योजना मुताविक घर सम्पन्न भो । छोराको नाम भेनस । भेनस पनि पाँच वर्षको भइसकेको थियो । सधैको व्यस्त जीवनबाट दिक्दारी लागेर उनीहरू एक महिना लामो यात्रामा निस्कने तय गरे । आफ्नै जहाजमा जाने कि सार्वजनिक जहाजमा भन्ने छलफल लम्बिदै गयो ।

प्लेन पास, पार्किङ शुल्क निकै महङ्गो पर्ने भएपछि सार्वजनिक जहाजमा यात्रा तय भो । निजगढ अन्तराष्ट्रिय विमानस्थलबाट उनीहरू ब्राजिल उडे । त्यहाँको जल सम्पदा र जंगल हेर्ने कमलको विशेष चाहना थियो । ब्राजिलपछि अमेरिका, अमेरिकापछि यूरो पियन देशहरू भ्रमणको तालिकामा थिए । फर्किदा सिंगापुर, सिक्किम हुँदै नेपाल आउने योजना निश्चित भएको थियो । प्राकृतिक सम्पदा र मावन नीर्मित विशेष संरचना र सभ्यता नियाल्दै भ्रमण जारी रह् यो । थोरै विदेशी मित्रहरूसँग भेटघाट, धेरै घुमफिर गरे उनीहरूले । सिंगापुर हुँदै सिक्किम पुग्दा यात्रा शुरू भएको २८ दिन भैसकेको थियो । गान्तोक बजार, सिक्किमको राजधानी शहर । उनीहरूलाई नेपाल नै पुगेजस्तो लाग्यो । दिनदिनै पानी परिरहेकोले सजिलैसँग घुम्न पनि नसकिने । धन्न उनीहरूले हिमालको दर्शनसम्म गर्न पाए ।

प्रायः पर्यटकिय स्थलको भ्रमण त गरे तर निर्धक्क भएर घुम्ने हेर्ने, तस्वीर लिने काम अरू स्थानमा जस्तो गान्तोकमा सहज भएन । सोमबार १२ः३० बजे नेपाल फर्किने जहाजको टिकट थियो । आइतबार साँझबाट वर्षात रोकिएको थियो । सोमबार बिहान मौसम स्निग्ध र उल्लासमय थियो । होटलको छतबाट सुरम्य दृश्यहरू दियाल्दै थिए उनीहरू । डाँडामा ठूलो बजार, दू्रत गतिको रेल, आकाशे पुलहरू, फेदिमा खेतीपाती । अनुपम प्राकृतिक दृश्य । पर्यटकीय आर्कषण बढ्दो । सजावट र व्यवस्थापन निकै प्रभावकारी । छाताको गमलामा फूलेको फूल टिप्न खोज्दा भेनिस छतबाट खुस्किइ हाल्यो । चारूले समात्न खोजेकी हो । सटको छेउ चुडिएर हातमा बाँकी रहयो । भेनस् सडकमा पुग्यो । ठूलो चिच्याहटको आवाज सुनियो । एकछिन उफ्रिएर भेनसको शरीर स्थिर भो । दुवै जना अत्तालिदै रोडमा पुगे । ट्राफिक जाम भो । अस्पताल लगियो भेनसलाई । डाक्टरले मृत घोषित गरिदिए । चारू वेहोस् भई । कमल सम्हालिन सकेको थिएन ।

मृत छोरो लिएर, यात्रा भरको उत्साह त्यागेर, भावुक बन्दै गहिरो चोट लिएर उनीहरू घर फर्के । कमलले छोरालाई सिधै प्रयोगशालामा लग्यो । चारू साथमा थिई । भेनसको शरीर को रगत पुरै निकाल्यो र ताजा रगत हाल्यो । चल्न बन्द भएका मुटु, कलेजो, फोक्सो, मृगौ लाका स्थानमा नयाँ चलिरहेको अंग हाल्यो । रक्तकोषहरू मरिसकेका थिएनन् । अप्रेशन र अंग प्रत्यारोपण सम्पन्न गर्न १० घण्टा लाग्यो । भेनस वेहोस थियो । चारूले नाडी परिक्षण गरी, नारी चल्दै थियो । स्वासप्रश्वास र मुटु पनि चल्न शुरू गरेको थियो । कमल र चारू घरी एक अर्कालाई हे र्थे, घरी छोरालाई हेर्थे । अप्रेशन सकिएको दुई घण्टापछि भेनसले आँखा खोल्यो । चारू र कमलका आँखा फेरि आँसुले भरिए । ‘मम्मी म कहाँ छु, मम्मी दुख्यो … ।’ छोराको पुनर्जीवन पाएकोमा दुवै दंग भए ।

मृत छोरो लिएर, यात्रा भरको उत्साह त्यागेर, भावुक बन्दै गहिरो चोट लिएर उनीहरू घर फर्के । कमलले छोरालाई सिधै प्रयोगशालामा लग्यो ।

केही महिनामा छोरा पहिलाजस्तै तन्दुरूस्त भो । जीवन उस्तै चल्न थाल्यो । उनीहरूको, जस्तो पहिल थियो । भेनस १४ वर्ष लाग्यो । किशोरावस्था लागेपछि भेनस टोलाउने, रिसाउने, एकोहोरो हुने गर्न थाल्यो । निदाएको बेलामा कमल र चारूले भेनसलाई प्रयोगशालामा लगे । निद्राको औषधि खुवाइदिए र परिक्षण सुरू गरे । डा. चारूले नसाहरूको परिक्षण गरिन् । रगत, दिसा, खकार, आँखा, नाक, यौनाङ्ग पूरै अंगप्रत्याङ्ग परिक्षण गरिए । त्यसका लागि विदेशबाट पनि विशेषज्ञहरू पहिल्यै बोलाइएका थिए । कमलले अंगहरूको परिक्षण गरे । सबै अंग दन्दुरूस्त थिए । डाक्टरहरूको समूहले पनि कुनै रोग भेट्टाएनन् । परिक्षण सकिएपछि भेनसलाई घर ल्याइयो । उनको बानीमा सुधार आएन । एकोहोरो हुने, उदास हुने, चर्किइरहने क्रम जारी रहयो ।

पुसको एक बिहान झमझम वर्षा भइरहेको थियो । बिहान ८ बज्दा पनि भेनस उठे को थिएन । चारूले ढोका ढक्ढक्याई, बोलाई आवाज आएन । कमलले पनि प्रयास ग¥यो तर कोठाभित्र केही चालचुल सुनिएन । अत्तालिएर ढोका फोडेर हेर्दा भेनस सिलिङ्मा डोरी लगाएर झुण्डिरहेको भेटियो । ‘बाबु…’ चारू खुट्टा समाएर डाँको छोडी । कमलले कुर्सीमा टेकेर डोरी काट्यो । भेनस लड्यो । कमलले आफूलाई सम्हाल्न सकेन । केही समयपछि कमलले चारूलाई भन्योः ‘बोक प्रयोगशाला जाऊ ।’ चारूले कमलको अनुहारमा गौर गरेर हेरी । आँसु झारी र भनिः ‘नो, नो, नो मलाई एडभान्स म्यान होइन, म्यान चाहिन्छ, म्यान ।’

चारू फेरि वेहोस भई । त्यसको एक घण्टापछि प्रयोगशालामा कर उठाउन आएको कर्मचारी कमललाई साहैै्र व्यस्त देखेर केही नबोली फर्कियो । कलम भेनसमा जीवन भर्न व्यस्त थियो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...