डेंगु हुँदा के हुन्छ ? यसबाट कसरी बाच्ने ?

काठमाण्डौ, पोखरा, चितवन लगायत देशका अधिकांश ठाउँमा डेंगु ज्वरो फैलिएको हुँदा बिशेष सतर्क हुन आवश्यक छ |- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुकने हुन्छ |

मुख्य लक्षणहरु

अचानक ठूलो ज्वरो आउनु – आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु – सबै शरीर दुख्नु – घांटी बस्नु – साना बिमिरा आउनु – शरीर चिलाउनु – वाकवाकी लाग्नु / वान्ता आउनु – छटपटी हुनु – रिंगटा लाग्नु – निद्रा नलाग्नु – हड्डी तथा मांशपेशी निकै दुख्नु – आँखा तथा घांटी रातो हुनु छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ | – ८० % बिरामीमा पहिलो दिनमा, ६० – ८० % बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ | – १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

बिशेष सतर्कता

ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला | आइबुप्रोफेन, अस्पिरि आदिको प्रयोग नगर्नुहोला | आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ | – बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ | – जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने – डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन | एन्टिबायोटिकले डेंगु निको हुँदैन |

चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन | कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन | तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन |

रोकथाम

लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने – लाम्बाहुले कपडा लगाउने – डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने – भीडभाडमा सकभर नजाने – घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने – पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ |

माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने -प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ | तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं |