ताजा समाचार

भाद्र १२ गते २०७६

कविता : बुबा

अहिले,
मैले बिर्से
बुबाले काखमा लिएर हिँडेको
बुबाले औंला समाएर हिँडेको
बुबाले गाला जोडेर
हातको माला लगाएर चुम्बन गरेको
तर मैले सम्झिरहन्छु,
बुबाले दिएको–
संस्कार र सदाचार
आत्मियता र आचरण
हैसियत र हार्दिकता
जिम्मेवारी र जवाफदेहिता ।

जुन सन्दर्भ
मेरो जीवनपर्यन्त
साहाराको सारथि बनेर
यात्राको सहयात्री बनेर
म सँगसगै हिँडेका छन्
अनि आर्शीवादको अलङ्गकार बनेर
समयलाई अनुकलतामा ढालेर
मेरो जङ्गार जस्तो जीवन
स्वच्छ, सफा र स्निग्ध
खोला जस्तै
आशा अनुरुपको परिणाम
होला जस्तै दिलाउनेछन् ।
वास्तवमा, म
बुबाको विचार एवम् संस्कार
विनाको जीवन
प्रगतिशीलबनाउन त के
गतिशीलबनाउन सम्म सक्दिनँ
जहाँनेर,
विवादग्रस्त विचार
समस्याग्रस्त समय
बन्द कोठाभित्र हुन्छन् ।
चाबी हराएको हालतमा
म बुवातिर फर्कन्छु
र, केही सोध्छु
र, जवाफमाजीवन पाउँछु ।
त्यसप्रकारले जीवनदिने, बुबा
अहिले
पहिले जस्तो हुनुहुन्न
उमेरले डाँडामाथि पु¥याएको छ
दैवीविपत्ति, क्यान्सर रोगले
डाँडामाथिबाट पनिधकेल्लाझैँ गरेको छ ।

तर पनि
म बुबाको साबुति जीवन चाहन्छु,
सपना र सम्झनामा राख्न चाहन्न्
किनभने मेरो बुबा
अरुको बुबा जस्तो हुनुहुन्छ
अरुको बुबाजस्तो हुनुहुन्न
त्यसैले त, म भगवानसँग
प्रार्थना गर्छु
अझै केही बर्ष…….
बुबामा घुनपुत्लो नलाओस्
जबसम्म
बुबाको सेवामा मेरो धीत मर्दैन
जबसम्म
मेरो जीवन बुबाको ठाउँमा दह्रिन्न ।


हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।