नन्द भाउजू कलेज जाओ भन्नुहुन्छ सासूले
नपढेमा हामीलाई नै पिर्छ आँसुले
तीज आयो दिदीबहिनी माइती घर जाने हो
आमाले पकाएको दर खाने हो
नाच्छौँ गाउँछौँ रमाउछौँ सिमाभित्र रहेर
दुख सुख बाँड्छौ सबै जम्मा भएर
घरमा दर खुवाएर माइत पनि जाने हो
आमाले पकाएको खीर खाने हो
सके जति व्रत बस्छौं जीउ निरोगी बन्नलाई
स्वामी ज्युका लागि अरे भन्छन् भन्नलाई
निराहार व्रत होइन फलाहार बसेर
नाच्ने गाउने रमाउने कम्मर कसेर
बिलासी यी आइमाई भन्छन् अचेल साराले
अब तीज मनाउछौँ नयाँ पाराले
एक दिन माइती जादा आफू होटेलतिर जानेले
म चै हुतिहारा उनी गरि खाने रे
घरका काम गर्ने छैनौँ त्यो त हामी भन्दैनौँ
सुशेधन्दा मात्र गर्न अब मान्दैनौँ
छोरी भन्दै एभोर्सन गर्न लाउँदा स्वामीले
के जन्माउने निर्णय हो लिने हामीले
छोरो पाए कसको दोष छोरी कसको दोषले रु
दाजु भाइ बोल्नु होला अब होसले
सिन्दुर चुरा टिका पोते श्रिङ्गारका सामान
खुशी परे लाउँछौँ नत्र लाइन नभन
सुन चाँदी प्राण लिने काल बनी आको छ
महिलालाई बाँध्ने गला पासो भाकोछ
छोराछोरी बराबरी बुझ्न थाल्यौँ आफैँले
भेद भाव गरे सहने छैनौं कसैले
छोरीभन्दा बुहारी हुन मर्दा पानी प्याइदिने
नसकेर मैलिएका लुगा धोइदिने
एक अर्काले नसक्ने काम पनि छन् छन त
कुन चाहिँ गर्न नसक्ने हो लु लु भब तरुरु
महिलाको पाठेघर स्तनपान गराउने
पुरुषको मात्र एउटा बिर्य बनाउने
अरु गर्न बारहातको टाँगाले नि छुदैन
जुनै काम गर्दा केही फरक हुदैन
घरभित्रका केही काम पुरुषले सघाउने
श्रीमतीलाई सङ्घ सस्थामा जान लगाउने
बुबाआमा छोराछोरी खान्छौ सगै बसेर
दिनभरिका कुराकानी गर्दै हासेर
पारिवारिक मेल भए त्यही धन्सार भन्सार
बनाउँन सक्छौँ आफैं सुखी संसार
घरधन्दा र मेला पनि गर्छौ किन गर्दैनौं
स्कुल कलेज संघ सस्थामा पछि पर्दैनौ
ससुरा बा सासू आमा छोराछोरी हेर्नेछौ
प्रण भयो यो समाजको मुहार फेर्नेछौ




