ताजा समाचार

श्रावण १४ गते २०७६

म गजलविना बाच्न सक्दिनँ : कोइराला

झट्ट हेर्दा दुब्लो शरीर । कालो चश्मा । औपचारिक पहिरन कालो सुटमा ठाटिने विवश बलिभद्र कोइराला कुशल गजलकार हुन् । समाजमा उनी आफूलाई यही उपमाले चिनाउन चाहन्छन् । उनका गजल मन छुने खालका हुन्छन् । उनी प्रेम र समसामयिक विषयवस्तुलाई समेटेर गजलमा उतार्ने गर्छन् । प्रस्तुत छ बालिका थपलियास“ग उनले गजलको बारेमा गरेको कुराकानीः

गजल के हो ? किन लेख्नुहुन्छ गजल ?

मेरो विचारमा गजल मनका भावनाहरुको लयात्मक प्रस्तुति हो । यो सरल, सहज र सम्प्रेषणिय हुन्छ । समाजलाई परिवर्तन गर्नको लागि र आत्मसन्तुष्टिका लागि म गजल लेख्ने गर्छु । गजलमा थोरै शब्द भए पनि यसले उपन्यासको जस्तो गहनता बोकेको हुन्छ । मीठो गजलले मनमा पनि मिठास छर्छ भन्ने मेरो ठम्याई छ । म गजल लेख्नकै लागि जन्मिएको ह“ु जस्तो लाग्छ । गजलविना म बा“च्न सक्दिनँ ।

तपाईका कति वटा पुस्तक प्रकाशित छन् ?
मेरा लेकबेसीका भाकाहरु, विवशका विवशताहरु, का“चको मुटु, चुलाचुली गजल दर्पण आदि पुस्तक प्रकाशित छन् । मेरा दुई दर्जन गीत गजल रेकर्ड पनि भइसकेका छन् । गजल लेख्न थालेको पनि २५ वर्ष भइसकेछ ।

तपाई रेडियोमा कार्यक्रम पनि चलाउनुहुन्छ है ?
चलाउ“छु नि । मलाई आवाजको संसारमा हराउन एकदम रमाइलो लाग्छ । सप्तरङ्गी एफएममा ‘स्रष्टा र साहित्य’ शीर्षकको कार्यक्रम चलाउ“छु ।

तपाईलाई कस्तो अवस्थामा गजल लेख्न मन लाग्छ ?
मनमा भावना उकुसमुकुुस हुन थालेपछि म गजल लेख्न बाध्य हुन्छु । त्यही विवशताले गर्दा मैले आफनो नाम पनि विवश राखेको हुँ । गजलका शेरहरु दिमागमा आफसेआफ फुर्छन् अनि लेख्न मन लाग्छ ।

गजलले समाज लेख्नुपर्छ । गजल श्लील हुनुपर्छ । हावा तालमा भन्दा जानेर, बुझेर गजल लेख्नु उत्तम हुन्छ ।

तपाइलाई मन परेका केही गजलका शेर भनिदिनुस् न ।
आफूस“ग नभएको कुरा मानिसलाई धेरै सम्झना आउ“छ । तल उल्लिखित मैले लेखेको गजलको शेरले यो विचारलाई प्रष्टयाउ“छ ।
किसान सहर पुगेपछि बगर सम्झन्छ धाप सम्झन्छ
यात्रीले पनि हराएपछि आफनो पदचाप सम्झन्छ ।

द्वन्द्वकालको हिंसाले मलाई पनि छोएको थियो र मैले आफनो त्यो पीडालाई गजलमा उतारेको थिए ।
कोही जित्ने कुराा गर्छन् कोही नहार्ने कुरा गर्छन्
फूलजस्ता मान्छे अचेल मान्छे मार्ने कुरा गर्छन्

मेरा गजलमा जीवन, प्रेम र समाज प्रतिबिम्बित भएको हुन्छ । हाम्रो समाजमा विद्यमान कुरितीप्रति पनि मैले आफनो आवाज उठाएको छु ।
बदलिन्छ मान्छे पक्कै बदलिन्छ रित एकदिन
पक्कै हुनेछ मेरो आस्थाको जित एकदिन ।

मैले प्रेममा आधारित भएर पनि गजल लेखेको छु ।

दिल चोरेको आरोप छ मलाई यो बजारमा
मायाको मुद्दा झेल्ने वकिल छ कुन बारमा ?

तपाई समाजमा आफूलाई कसरी चिनाउनुहुन्छ ?
गजल विवश बलिभद्र कोइरालाको पहिचान हो । मेरो विचारमा मान्छे बूढो हुन्छ तर भावना सधै जवान भइरहन्छ । म कुशल गजलकारको रुपमा आफूलाई समाजमा स्थापित गर्न चाहान्छु ।

गजलको भविष्य कस्तो छ ?
थोरै शब्दमा धेरै कुरा भन्न सकिने लयात्मक विधा गजल हो । यो सुन्दा पनि मज्जा आउ“छ । यसको भव्य शैलीको कारण गजलको भविष्य सधैभरि उज्ज्वल छ ।

गजल लेखनमा भर्खर प्रवेश गरेकाहरुलाई तपाईको के सुझाव छ ?
गजलले समाज लेख्नुपर्छ । गजल श्लील हुनुपर्छ । हावा तालमा भन्दा जानेर, बुझेर गजल लेख्नु उत्तम हुन्छ । गजलमा सुन्दरता र सन्देश मिश्रित हुनुपर्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...