एक १० वर्षीया बालिकालाई अश्लील चलचित्र देखाउँदै जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।
रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले स्थानीय ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लील चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।




