ताजा समाचार

श्रावण १० गते २०७६

छलीयुगको छल

वर्तमान समयको वास्तबिकता झल्काउने किताबको नाम हो ‘छलीयुग ।’ अहिलेको समयका मानिस र उनीहरुको मानसिकतालाई लेखक कृष्ण अविरलले पारदर्शी रुपमा छर्लङग्याएका छन । धुमिल बन्दै गएको मानवप्रेमको दस्तावेज हो यो कृति । समसामयिक परिस्थितिको अभिलेख हो । किताबलाई स्वयं लेखक नै आवद्ध रहेको मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको छ ।

आफनै जीवनको कथालाई उनले मार्मिक ढंगले प्रस्तुत गरेका छन् । ‘सम्पतिमा सबैको हाइहाइ विपत्तीमा कोही छैन् दाजुभाइ भन्ने भनाइझै आफूले बुबाविना बिताएको दुखद बाल्यकाल र त्यतिबेला आफना मान्छेले गरेको दुव्र्यवहारको खुलासा गरेका छन् ।

उनको कृतिमा दर्शन पनि छचल्किएको प्रतीत हुन्छ । उनले यसरी दार्शनिक बन्ने प्रयास गरेका छन् । ‘जिन्दगीमा मान्छेले बन्द गर्न चाहेका च्याप्टरहरु नै बारम्बार खुलिरहन्छन् । केराको बुङ्गोजस्तै गरी । नसम्झू“ भन्यो भने झन् धेरै सम्झना हुने । आफनो विचारको बन्ध्याकरण गर्न कसैले नसक्तो रहेछ ।’

वैदेशिक रोेजगारले ल्याएको विकृतिको बारेमा यो कृति पढेर मज्जाले बुझन पाइन्छ । श्रीमान् विदेश गएपछि यौन आवश्यकता पूरा गर्न परपुरुषको संगत गर्न थालेपछि बिग्रिएको घर व्यवहार अनि समाजमा पारेको नकारात्मक प्रभावलाई उनले नजिकबाट नियाल्ने प्रयास गरेका छन् । अहिलेका वृद्धवृद्धालाई छोरा बुहारीले प्रेम होइन्, घृणा गर्छन् । घाडो मान्छन् । सम्मान गर्न हिचकिचाउ“छन् । लेखकले छलीयुगमार्फत यो तीतो वास्तविकता पनि ओकलेका छन् । अहिलेका मानिसलाई नाता सम्बन्धको कुनै मतलब छैन । नैतिकता र अनैतिकताको मतलव छैन । सबैभन्दा महत्वपूर्ण चीज पैसा भएको छ । पैसाको पछि दौडिदा दौडिदै अन्य कुरा गौण भएका छन् ।

‘जिन्दगीमा मान्छेले बन्द गर्न चाहेका च्याप्टरहरु नै बारम्बार खुलिरहन्छन् । केराको बुङ्गोजस्तै गरी । नसम्झू“ भन्यो भने झन् धेरै सम्झना हुने ।

पुस्तकको महत्वलाई लेखकले राम्रोस“ग प्रष्टयाएका छन् । यो किताबकी एक पात्रमार्र्फत उनी यसरी कितावको विशेषताको उल्लेख गर्छन् ‘एउटा राम्रो पुस्तकले पा“च जना मान्छेस“गको संगतबाट प्राप्त हुनेभन्दा बढी ज्ञान दिन्छ । त्यसैले मलाई मान्छे पढ्नुभन्दा पुस्तक पढ्नुमा बढी आनन्द लाग्छ ।’

पैसा र सेक्सबीचको सम्बन्धलाई लेखकले यसरी जोड्ने प्रयास गरेका छन् ‘हामीले कहिल्यै पनि पैसाका लागि अरुस“ग सेक्सुअल रिलेसन राख्नुहु“दैन । पैसाको आशामा राखेको सम्बन्ध एकदमै बनावटी हुन्छ । जति घण्टा बिताए पनि त्यसबाट मानसिक सन्तुष्टि हुनै सक्दैन । एकदमै प्रेमपूर्वक, हार्दिकतापूर्र्वक रिलेसन राखियो भने उनीहरुबाट पैसा आफै“ आउ“छ ।’

प्रविधिमैत्री हुने बहानामा मानिसहरुले मानवताको सिमाना अतिक्रमण गरेकोमा लेखक गम्भीर छन् । मृत्यु भएको बेलामा सम्म मोबाइलमा बोल्न र च्याट गर्नमा व्यस्त हुने युवा पुस्ताको असंवेदनशीलतालाई उनले यस किताबभित्रका पात्र दाताराम सरकी श्रीमती मर्दा छोरा बुहारीले गरेको व्यवहारबाट खुलाएका छन् । दुव्र्यसनमा फसेको दाताराम सरको कान्छो छोरा अहिलेको युवा पुस्ताका प्रतिनिधि हुन् ।

आधुनिकताको नाममा एक्काइसौ शताब्दीका मानिसले बिर्सिदै गएको मानवता, आत्मीयतालाई लेखकले आफनो कृति ‘छलीयुग’मा चित्रण गर्ने प्रयास गरेका छन् । पैसा, प्रविधि र वैदेशिक रोजगारले मान्छेलाई आत्मियताबाट टाढा राखिरहेको छ । यस पुस्तकभित्र समेटिएका घटना र पात्रलार्ई अध्ययन गर्दा वास्तवमै शीर्षक सार्थक भएको प्रतीत हुन्छ । भनाइ नै छ ‘साहित्य समाजको दर्पण हो ।’ कृष्ण अविरलले यो भनाइलाई आफनो लेखनमार्फत व्यवहारमा उतारेका छन् । घटना र पात्रहरुको वर्णन गर्ने क्रममा लेखकको गम्भीरता छचल्किएको छ । अहिलेको समाज र समाजभित्रका मानिसको यथार्थपरक कथा पढ्नको लागि ‘छलीयुग’ पढ्नैपर्ने कृति हो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...