लायन्स र लियो पोखरा डेस्टिनेसनले रोपे विरुवा

लायन्स क्लब अफ पोखरा डेस्टिनेसन र लियो क्लब अफ पोखरा डेस्टिनेसनले पोखरा १८ मा विरुवा रोपेका छन् ।

राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण स्थलमा आँप, लिची तथा समीका गरी सय वटा विरुवा रोपिएको हो । लायन्स पोखरा डेस्टिनेसनका वर्ष २०१९÷२०२० का अध्यक्ष लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जोन १०८ का चियर पर्सन लायन शोभा न्यौपाने, लायन्स पोखरा सेन्ट्रल टाउन अध्यक्ष शारदामोहन काफ्ले र लायन्स पोखरा डेस्टिनेसनका पूर्व द्वितीय उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा विरुवा रोपेर कार्यक्रम सुरुआत गरेका थिए ।

लायन्स क्लबले आफ्ना सदस्य रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा वृक्षारोपण गरेको हो । लायन्स पोखरा डेस्टिनेसन वर्ष २०१९÷२०२० का अध्यक्ष लक्ष्मण तिमिल्सिनाले लायनवादलाई अंगीकार गर्दै समृद्धि देश र समाज निर्माण गर्न विभिन्न क्रियाकलाप गरिने बताए ।