समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच एकता गर्ने सहमति भएको छ । पार्टी एकताका लागि यतिबेला छलफल निरन्तर चलिरहेको छ । एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले नै दुबै पार्टीबीच एकताबारे टुंगो लगाउने गरी छलफल भईरहेको हो । एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो पार्टी एकताका लागि निरन्तर छलफलमा रहेका छन् ।
पार्टी एकताका लागि दुबै बीच कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा कुनै बिमती छैन । समाजवादी पार्टीलेले कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ जसमा राजपा सहमत छैन । तथापी यस बिषयमा निरन्तर छलफल भईरहेको बताईएको छ । यसअघि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधामन्त्री उपेन्द्र यादवले पनि एक अन्तरवार्तामा राजपा नेपालका नेताहरुले एकता गर्नु पर्ने महसुस गरेको र त्यसैको कारण छलफल पनि चलिरहेको बताएका थिए ।




