ताजा समाचार

असार १५ गते २०७६

धादिङमा बस र दुईवटा माइक्रोबस ठोकियो २ को मृत्यु

धादिङको बेनिघाटमा आज बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएका छन् ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो ।

२७ वर्षीय श्यामकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक ९डिएसपी० रुपक खड्काले जानकारी दिए। महिलाको नाम भने खुलेको छैन।

लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको धादिङ प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ भने ३० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।