ताजा समाचार

असार ११ गते २०७६

विकास, समृद्धि कथा हैनन्

रेल ईन्जिनियरिंगमा दक्षता र उच्चशिक्षा बढाउनरपढाउन र ईन्टर्न गराउन अव सरकारले आफ्ना २५ जना विभिन्न विषयका सम्बद्ध ईन्जिनियरलाई विदेश पठाउनुपर्छ र निजामति ईन्जिनियरिंग सेवाको सिभिल समूहभित्र रेल समुह गठन गरी यसमा रूची हुने कर्मचारीलाई समुहकृत गरेर सेवा र विभाग संचालन गर्न थाल्नुपर्छ । सडक विभागका जो पायो त्यो ईन्जिनियरलाई धकेलेर रेल विभाग पठाउने र उसलाई रेलविज्ञ भनाउने हास्यास्पद काम रोक्नुपर्छ । अन्य उपाय नहुदा क्राईसिस म्यानेजमेन्ट गर्नु ठीकै हो तर सधैं क्राईसिसमा राखेर म्यानेजमेन्ट गरिनु मुर्खराज हुन्छ ।

शिक्षा मन्त्रालयमार्फत बाहिरका विद्यार्थीलाई रेल वा कुनै अन्य विषय पढ्न विदेश पठाउदैमा फर्के पछि निजामति सेवा प्रवेश गर्न लोकसेवा दिन भेकेन्सी हुने नहुने पासगर्ने नगर्ने हुन सक्छ । त्यस्तो जनशक्तिको निजामति सेवा प्रवेश गर्ने सुनिश्चितता हुदैन । रोजगारी नीति नहुदा अहिले नै वर्षेनि सयकडौं ईन्जिनियर विभिन्न विधामा पढेर नेपाल फर्केर सडकमा हल्लिरहेका र केही वर्षभित्र विदेश भासिन बाध्य भैरहेका छन् ।त्यसैलेसेवारत स्थायी ईन्जिनियरनै रेल वा पानी जहाज ईन्जिनियरिंग पढाएर उसकै समूह सेवामा काम लगाउने गर्ने गरी सेवासमूह गठन गरिएकै हुनुपर्छ ।

सहरी पूर्वाधार निर्माण र व्यवस्थापन अलग्गै गतिशील जटिल निरन्तर अध्ययन गर्दै सुधार र ईनोभेशन गर्ने विशिष्ट्य विषय हो । हाईवे वनाउने र घर वनाउने ईन्जिनियर वा विभागले यसलाई सम्बोधन गर्न सक्दैन यिनका चरित्र नै मिल्दैनन्। नेपालका नगरपालिकाहरूको सबैभन्दा कमजोर पक्ष भनेकै ईन्जिनियरिंग विकास र व्यवस्थापनको संस्थागत र दक्ष, अनुभवी र स्मार्टनेसको अभाव नै हो । गतिशील र रेस्पोन्सिभ विशिष्ट्य संस्थागत संस्कृतिबिहीन कार्यालय र जनशक्तिले जनअपेक्षा अनुरूप स्मार्ट सेवा दिन सक्दैन। टेक्निकल एडमिनिष्ट्रेशन स्वाहा हुदै गएको दुस्खद अवस्थामा नेपालको सरकारी संस्थाहरू छन् ।सक्षम संस्थाविना जनताले सुखसुविधा सरल र सहज पाउने कुरा एकादेशको कथा हुन्छ ।

वीरगञ्जका ४७ वर्षीय नेपाली इञ्जिनियर अफजल हुसेन विद्युतीय पावर प्लान्टका क्षेत्रमा १८ वर्षको अनुभव सँगालेका जर्मनीको ईलेक्ट्रो(मेकानिकल कम्पनी सिमेन्सका दुबईमा कामगर्ने एक्ला नेपाली सिनियर ईञ्जिनियर हुन् ।उनी सिमन्स कम्पनीमा विद्युत उत्पादनमा प्रयोग हुने मेकानिकल पार्टसका साथै तेल तथा ग्यास टर्वाईनका विज्ञ मानिन्छन् ।

सिमेन्सको जर्मनीपछिको दोस्रो ठूलो कार्यालय दुवईमा छ तर मध्यपूर्व, युरोप, उत्तरअमेरिका लगायत विश्वका विभिन्न देशमा विद्युतीय मेसिनमा खराब आउनासाथ उनी त्यही देशमा पुग्छन्, मेसिनको कुन भागमा के खराबी भएको हो पत्ता लगाउँछन् र मर्मतसम्भार गर्ने अर्को टोलीलाई सल्लाह दिन्छन्, मेसिन मर्मत भइसकेपछि फाईनल ईन्सपेक्सन पनि आफै गर्छन् । अफजलका अनुसार नेपालबाहेक विश्वका सबै देशले सिमेन्स कम्पनीका मेसिनहरु विद्युत उत्पादनका लागि जडान गरेका छन् । ईन्जिनियर अफजल हुसेनलाई आफ्नो मातृभूमि नेपालमा पनि केही योगदान गर्ने चाहना छ ।

विकसित देशमा विद्यार्थीहरू विज्ञान र गणित नपढ्ने पढ्न रूचि नराख्ने गर्दा ती देशको अहिले निदहराम भैरहेको देखिन्छ । विज्ञान र प्रविधि पढ्ने जति आप्रवासी हुन थालेका छन् । यस्तो तालले मुलुकको प्रविधि क्षमता ह्रास हुदैजाने र प्रतिस्पर्धि अर्थतन्त्र वन्न नसक्ने हुनाले STEM Education (Science,Technology, Engineering & Maths) नीति लागू गरिरहेका छन् । वढी भन्दा बढीलाई बिज्ञान, टेक्नोलजी , ईन्जिनियरिंग र गणिततिर आकर्षित र प्रोत्साहित गरिदै छ ।
खुशीको कुरा नेपाल र भारतमा अब्बल विद्यार्थी जति यिनै विषयमा पढ्न रूचि गर्छन् तर सरकारको भने यसमा कुनै शिक्षा वा रोजगार वा उपयोग नीति नै नास्ति १

अहिले भारतको निति आयोगका उपाध्यक्ष भारतीय प्रमका मोदीका बिकास ब्रेन डा अरविन्द गैरआवासीय भारतीय हुन् । राजीब गान्धी प्रम हुदा टेक्नोलजी कमिशनका अध्यक्ष र मनमोहन प्रमको पालामा नलेज कमिशनका उपाध्यक्ष वनाइएका राजीबका टेक्टोलजी ब्रेन र मनमोहनका नलेज ब्रेन भारतका टेलिकमका पिता मानिने डा साम पित्रोदा गैरआवासीय भारतीय हुन् ,पित्रोदा अहिले पनि युएन र अन्य दर्जनौं विश्व संस्थाहरूका मानार्थ र सक्रिय पदाधिकारी पनि छन् । पित्रोदाका नाममा ८० वटा पेटेन्ट दर्ता छ विभिन्न मुलुकमा ।

रिजर्ब बैंकका पुर्व गभर्नर डा रधुबीर राजन पनि गैर आवासीय भारती हुन् । यी जस्ता भारतीय जव मुलुकलाई जरूरी पर्छ विदेशी पासपोर्ट तिलान्जली दिएर स्वदेशमा घुडा धसेर लाग्छन् र वाहिर वसे पनि मुलुकलाई योगदान गरिरहन्छन् ।

विगतमा नेपालमा राजा महेन्द्रले पनि विदेशमा भएका पशुपति सम्सेर, भेषबहादुर, मोहम्मद मोहसिन जस्ता विद्वानहरूलाई नेपाल फर्काएर सिनास जस्ता विभिन्न थिंकट्यांक संस्थाहरू खोलेर जिम्मा दिएका थिए ।

घूडा धसेर काम गरेर मात्र पुग्दैन, घूडा धसेर पढेको , अनुभव बटुलेको, दिमाग तथा गर्दन खियाएको नेपाली जहॉ भए पनि रेडकार्पेट बिछ्याउनु पर्छ। बिकास र समृद्धि हास्यरस कथा हैनन्।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।