पोखरा महानगरपालिका वडा नं. ३१ को वडा कार्यलय बुधबार राति चोरी भएको छ । कार्यलयको प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप सिपियु र जुनियर इन्जिनियरको ल्यापटप पनि चोरी भएको हो ।
वडाका सम्पूर्ण योजनाका इस्टिमेट र विलहरु चोरी भएका कम्प्युटर र ल्यापटपमा रहेको वडामा कार्यरत इन्जिनियर बिमल आचार्यले बताए ।




