मुस्ताङको थासाङ –५ ताग्लुङका एक आगोलागी पीडित परिवारलाई मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले राहत स्वरुप १ महिने तलब दिने घोषणा गरेका छन् ।संसद सदस्य तलब वापत प्राप्त हुने मासिक पारिश्रमिक करिव ५० हजार पीडित परिवारको पूर्नरबासका लागि सघाउ पू¥याउने उद्देश्यले आफुले दिन खोजेको सांसद तुलाचनले बताए ।
शनिरबार मध्यराति हावाहुरीले स्थानीय कुलबहादुर तुलाचन र हिक्मत तुलाचनको घरमा आगोलागी भएको हो ।आगोलागीबाट पूरै घर जल्दा करिव ३४ लाख बराबरको धनमाल क्षति पुगेको थियो ।जिल्लाकै योजना अनुगमनमा रहेका सांसद तुलाचनले सोमबार आगोलागी पीडित परिवारको दैलोमै पुगेर सान्त्वना समेत दिए । सांसद तुलाचनले दैवि प्रकोप तथा बिपत व्यवस्थापन समितिबाट उपलब्ध राहत नगद १० हजार र आफ्नो १ महिने तबलको पहिलो किस्ता नगद १० हजार गरी कुल २० हजार रुपैया पीडित परिवारलाई बुझाएका छन्।
यस्तै,पीडितको पूर्नरबास निर्माण गर्न स्थानीय बनउपभोक्ता समितिलाई काठ दाउरा उपलब्ध गराईदिन र घरका लागि जस्ता किन्न सांसद तुलाचनले विभिन्न श्रोत खोजेर उपलब्ध गराईदिने बचन पनि दिए।उनले आफु जनताद्धारा निर्वाचित जनप्रतिनिधि भएकाले जनताको सुख दुःख सदैव हातेमालो गर्ने उल्लेख गरे ।
आगोलागी पीडित कुलबहादुर तुलाचन र हिक्मत तुलाचनले खाना बनाउन प्रयोग गरिएको आगो निभाउन बिर्सदा मध्यरात चलेको हावाहुरीका कारण आगालागी भएको थियो ।आगोलागीबाट घरभित्र रहेको अन्नपात,लत्ताकपडा र काठपात सबै जलेर नष्ट भएको थियो ।
आगोलागी भएको गाउँ ताग्लुङ गाउ थासाङको बिकटक्षेत्रमा पर्छ ।बेनी–जोमसोम सडकखण्डको पूर्वतर्फ ५ किलोमिटर कच्चि सडक टाढा आगोलागी भएको हो ।घटना थाहापाएपछि ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले क्षति भएको घरको मुचुल्का उठाएको थियो ।






