ताजा समाचार

जेठ १७ गते २०७६

धेरै समय पछि राजु परियार आए “जाउ है माया “लिएर(भिडियो)

लोकदोहोरी क्षेत्रमा एकक्षत्र राज गरेर पछिल्लो समयमा मिडियामा खास्सै देख्न नपाइएका गायक राजु परियारको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

परियारको समुधुर स्वरमा सजिएको “आउ है माया” बोलको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको हो । परियारलाई कोपिला साप्कोटाले आवाजमा साथ दिएकी छिन् । सर्जक जयकुमार परियारको सँगीत तथा लय रहेको गीतमा रामजी पौडेलको शब्द छ । राजु परियार लोकदोहोरीका सार्वधिक धेरै गीत गाउने गायकमा पर्छन ।

जय म्युजिकको प्रस्तुतिमा गायिका कोपिला साप्कोटाले उक्त गीतलाई बाहिर ल्याएकी हुन् । बिनोद बाजुरलीको सँगीत संयोजन रहेको गीतको म्युजिक भिडियोलाई जय म्युजिक सेन्टरको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोलाई चित्र मास्की मगरले निर्देशन गरेका हुन् । गीतमा कोरियोग्राफी पनि उनको नै छ । गीतमा रिचा शर्मा र लोमस शर्माको अभिनय गरेका छन् ।