ताजा समाचार

जेठ १५ गते २०७६

पोखरा विजयपुरको दुर्घटनामा ७ जना घाइते

पोखरा महानगरपालिका २६ विजयपुरमा बुधबार भएको दुर्घटनामा ७ घाइते भएका छन् । तालचोकबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ३९९१ नम्बरको माईक्रोले अगाडिको मोटरसाईकललाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेको ना ६ ख ३५४० नम्बरको मिनिबस र त्यसको पछाडि रहेको ना ५ ख २१८० नम्बरको बस ठोकिन गई दुर्घटना भएको हो ।

रुपा गाउँपालिका ५ बस्ने १७ वर्षिय निकिता गुरुङ, पोखरा महानगरपालिका ३२ बस्ने ३० वर्षीया देवी भुजेल, अन्नपुर्ण गाउँपालिका ३ बस्ने ४० वर्षिय सञ्जु गिरी, पोखरा महानगरपालिका १२ बस्ने ७५ वर्षिय मैया थापा, माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ५० वर्षीय मनकुमारी राना, २५ वर्षिया मीना शाही र २७ वर्षीया रिना शाही घाइते भएका हुन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।