ताजा समाचार

जेठ १० गते २०७६

पोखरा ५ मा कांग्रेसको जागरण अभियान

नेपाली कांग्रेस, पोखरा महानगर वडा कार्यसमिति पोखरा ५ मा राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीको केन्द्रीय नीति र जिल्ला कार्यसमिति कास्कीको निर्देशन अनुसार अनुसार अभियान शुरु गरिएको हो ।

पोखरा ५ मा जागरण अभियानका लागि कास्की कांग्रेसले नेता पुष्पेन्द्र पाण्डेलाई संयोजक तोकेको छ । समितिमा दुर्गाबहादुर सुनार, जीवन बाँस्तोला, सीता शर्मा, शीतल अधिकारी सभापति कृष्ण केसीले जागरण अभियान शुभारम्भ गरेका थिए ।

कार्यक्रमका प्रमुख समेत रहेका कास्की सभापति केसीले अभियानले कांग्रेसका नेता कार्यकर्तालाई जागरुक बनाउनुका साथै सदस्यता वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अभियान पश्चात कांग्रेसका असली नेता कार्यकर्ता छानिने भन्दै सदस्यता असली कांग्रेसलाई मात्र दिन निर्देशन दिए ।

कांग्रेसको जागरण अभियान कम्युनिष्टको अत्याचार विरुद्ध संघर्ष गर्दै जनतामा सही सूचना पुर्याउन पनि सघाउने दावी गरे ।

अभियान संयोजक पुष्पेन्द्र पाण्डेले अभियानमार्फत कांग्रेसलाई बलियो पार्टी बनाउने विश्वास व्यक्त गरे ।

कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले अभियानसंगै पार्टीलाई सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिइन् ।

पार्टी सभापति फडिन्द्रराज पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय सभापति पोषनाथ शर्मा, पार्टी सचिव पार्वतीदेवी कोइराला लगायतले बोलेका थिए ।