पोखरामा मौलिक कौराहा पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरामा मौलिक कौराहा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको स्थापना तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा वितरण गरिने उक्त पुरस्कार प्रदान गर्नको लागी पुरस्कार छनौट समिती गठन गरिएको हो ।

पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको हो ।

जसको सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष नरमाया आलेमगर तथा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य रहेका छन् ।

उक्त पुरस्कार आगामी जेठ २५ गते पूर्वान्ह १० बजे पोखरा ग्राण्डमा वितरण गरिने छ । पुरानो बिषय र मौलितालाई उजागरण गर्दै पत्रकारिता गर्ने पत्रकारलाई हौसला स्वरुप यो पुरस्कार स्थापना गरिएको हो ।