ताजा समाचार

जेठ ५ गते २०७६

ट्राफिक जरिवाना पनि अनलाइनबाट

ट्राफिक प्रहरीमा परेकाले साथमा नगद नभए पनि जरिवाना तिर्न सक्ने भएका छन् । कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवा सुरु गर्न लागिएको हो।
ट्राफिकले ‘सडकमै रसिद काट्न मिल्ने गरी सिस्टम बनाइरहेको छ । यसबाट मोबाइलबाटै जरिवाना तिर्न मिल्छ ।

अब दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनिकरणका लागि नयाँ नियम प्रस्ताव गरेको हो । ‘ हेलमेट आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

डा। उपेन्द्र देवकोटाले स्वास्थ्यमन्त्री भएको बेला मोटरसाइकलपछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, त्यसले नियमितता पाउन सकेन ।